dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु : ६६२ जनाले लिए सेवा, चार लाख बढी राजश्व सङ्कलन

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-07
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाडौँबाट सञ्चालन गरेको एकीकृत सेवाबाट ६६२ जनाले सेवा लिएका छन् । गत १८ साउनदेखि २२ साउनसम्म पाँच दिन सञ्चालन गरेको एकीकृत सेवाबाट ६६२ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

एकीकृत सेवाको क्रममा विभिन्न शीर्षकमा गाउँपालिकाले चार लाख दुई हजार सात सय १५ रुपैयाँ ५२ पैसा राजश्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडागत रूपमा वडा नम्बर १ बाट विभिन्न शीर्षकमा दुई लाख ३३ हजार रुपैयाँ, वडा २ बाट ३२ हजार आठ सय ६६ रुपैयाँ सङ्कलन भएको छ ।

यस्तै वडा नम्बर ३ बाट ६६ हजार सात सय १३ रुपैयाँ, वडा ४ बाट ८८ हजार ७४ रुपैयाँ र वडा ५ बाट ६४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

एकीकृत सेवा चार दिन सम्म सञ्चालन गर्ने पूर्व योजना थियो तर नागरिकको माग र आवश्यकता अनुसार एक दिन थप गरी साउन २२ गतेसम्म शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमको भनाइ छ ।

काठमाडौँमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकले कार्यक्षेत्रबाटै सहज र सरल ढङ्गबाट विभिन्न प्रशासनिक सेवा लिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिनका लागि सुझाव दिएका छन् ।

वडाले प्रदान गर्ने सम्पूर्ण प्रशासनिक सेवा काठमाडौँबाट एकीकृत सेवाको क्रममा प्रदान गर्न पाउँदा खुसी लागेको कार्यवाहक अध्यक्ष टासील्हमु शेर्पा बताउनुहुन्छ । नागरिकको माग र आवश्यकताको आधारमा आगामी दिनमा पनि सोहि प्रकारका कार्यक्रम सञ्चालन गर्ने कार्यवाहक अध्यक्ष शेर्पाको भनाइ छ ।

खुम्बुले काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्ने र स्थायी रूपमा पालिकाभित्र ठेगाना भएका सेवाग्राहीहरूलाई हुने सुविधालाई मध्यनजर गर्दै १८ साउनदेखि २२ साउनसम्म चार दिन एकीकृत सेवा सञ्चालन गरेको थियो ।

राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्नका साथै राष्ट्रिय परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यवसाय नवीकरण, पञ्जिकरण साथै वडाबाट प्रदान गरिने प्रशासनिक सेवा लगायतका सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

Previous Post

आज देशभर जलवाष्पयुक्त हावाको प्रभाव कमजोर रहने

Next Post

सरकारी कामकाजको भाषा विधेयक कोशी प्रदेश सभामा दर्ता

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.