dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेचासल्यानको एकीकृत सेवा सम्पन्न, एक हजार बढिले लिए प्रत्यक्ष सेवा

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-07
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेचासल्यान गाउँपालिकाले काठमाडौँबाट सञ्चालन गरेको एकीकृत सेवाबाट एक हजार ६ सय ६९ जनाले सेवा लिएका छन् । गत १९ साउनदेखि २२ साउनसम्म चार दिन सञ्चालन गरेको एकीकृत सेवाबाट ११६९ जनाले प्रत्यक्ष सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

एकीकृत सेवाको क्रममा विभिन्न शीर्षकमा गाउँपालिकाले एक लाख २२ हजार तीन सय ४२ रुपैयाँ राजश्व सङ्कलन गरेको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडागत रूपमा वडा नम्बर १ बाट विभिन्न शीर्षकमा ३८ हजार ६ सय ९० रुपैयाँ, वडा २ बाट २० हजार चार सय ८५ रुपैयाँ सङ्कलन भएको छ ।

यस्तै वडा नम्बर ३ बाट १७ हजार नौ सय ९६ रुपैयाँ, वडा ४ बाट १९ हजार आठ सय ६३ रुपैयाँ र वडा ५ बाट २५ हजार तीन सय आठ रुपैयाँ राजश्व सङ्कलन भएको उपाध्यक्ष विना राईले बताउनुभयो ।

काठमाडौँमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकले कार्यक्षेत्रबाटै सहज र सरल ढङ्गबाट विभिन्न प्रशासनिक सेवा लिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तर गर्नका लागि सुझाव दिएका छन् ।

वडाले प्रदान गर्ने सम्पूर्ण प्रशासनिक सेवा काठमाडौँबाट एकीकृत सेवाको क्रममा प्रदान गर्न पाउँदा खुसी लागेको गाउँपालिका अध्यक्ष धनजन राई बताउनुहुन्छ । नागरिकको माग र आवश्यकताको आधारमा आगामी दिनमा पनि सोहि प्रकारका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ ।

नेचासल्यानले काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्ने र स्थायी रूपमा पालिकाभित्र ठेगाना भएका सेवाग्राहीहरूलाई हुने सुविधालाई मध्यनजर गर्दै १९ साउनदेखि २२ साउनसम्म चार दिन एकीकृत सेवा सञ्चालन गरेको थियो ।

राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्नका साथै राष्ट्रिय परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यवसाय नवीकरण, पञ्जिकरण साथै वडाबाट प्रदान गरिने प्रशासनिक सेवा लगायतका सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

 

 

Tags: एकीकृत सेवानेचासल्यान
Previous Post

सरकारी कामकाजको भाषा विधेयक कोशी प्रदेश सभामा दर्ता

Next Post

दुधकुण्ड मेला : ६७३ जना भक्तजनको स्वास्थ्य परीक्षण

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.