dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-23
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज  वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।

बुबाको मुख हेर्ने

यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

Tags: कुशे औँसीबुवा
Previous Post

प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै पत्रकार आन्दोलित

Next Post

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    13 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.