काठमाडौँ । अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ ।
नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि मन्त्री खतिवडाले खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको खतिवडाको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपतिबाट मनोनित कोटामा राष्ट्रिय सभाको सांसद नियुक्त हुनुभएका मन्त्री खतिवडाले करिब साढे वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्ती बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दै छ । संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ।