काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटीको बैठक सुरु भए पनि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित हुनुभएको छैन ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार धुम्बाराही स्थित हल सानो भएको र त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री बैठकमा अनुपस्थित हुनुभएको हो ।
ओली उपस्थित नभए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको स्रोतले जनाएको छ ।