काठमाण्डौँ । कोरोना सङ्क्रमणबाट विदेशमा तीन सय बढि नेपाली को मृत्यु ज्यान गुमाउने को सङ्ख्या नाघेको छ ।
कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको ज्यान गएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता थप दुई नेपालीको ज्यान गएसँगै विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या तीन सय एक पुगेको छ । यो हप्ता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो ।
शनिबार साँझसम्म विदेशका ४९ देशमा ४८ हजार ६ सय ३९ गैरआवासीय सङ्क्रमित भएका छन् । त्यही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो ।
स्रोत उज्यालो अनलाईन ।