काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएकाे सचिवालय बैठक स्थगित भएको छ ।
भदौ १३ गते बस्ने भनिएको सचिवालय बैठक ५ दिन सारेर १८ गते बस्ने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा स्थगित भएको बताइएकाे छ ।
तर समाचार स्राेतका अनुसार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले शनिबारको बैठक स्थगित गरिएको हो ।