dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
मंसिर २६, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोना भाइरसको खोप ल्याउने विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले यस विषयमा मन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग सरकारका पछिल्ला निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गरिएको जनाइएको छ ।

उपप्रधानमन्त्री पोखरेलले सरकारका निर्णय बाहेकका अन्य कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल भएको बताउनुभएको छ ।

बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।

शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग उहाँले सामूहिक छलफल गर्नुभएको हो ।

Previous Post

कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै प्रभावित

Next Post

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१

Related Posts

समाज

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७
FEATURE

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७
FEATURE

नागरिक एपबाट सार्वजनिक सेवा सहज रुपमा गर्न सकिन्छ : सञ्चारमन्त्री पार्वत गुरुङ

माघ २, २०७७
समाज

२४ घन्टामा ७० जनामा काेराेना सङ्क्रमण

माघ २, २०७७
समाज

नेपालले पायो कोभिसिल्ड’लाई प्रयोग गर्ने अनुमति

माघ २, २०७७
समाज

आज माघे सङ्क्रान्ति, ध्यान साधना, दान गरी मनाइँदै

माघ १, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!