dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मेरो ‘झोलामा’ जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ २०, २०७७
in हिँडदाहिँड्दै
Share on FacebookShare on Twitter

सोलुखुम्बु । साथीहरुसँगको साधारण भेटघाट होस् अथवा कुनै औपचारिक कार्यक्रम, ऊनीको धागोबाट निर्मित चिटिक्क परेको झोला बोकेर हरेक कार्यक्रममा सहभागी हुन पुगेको देखिरहेको हुन्थेँ- साहित्यकार डिबी किराँतीलाई ।

मैले जुन बेलादेखि साहित्यकार डिबी किराँतीलाई देखेँ, धागोले बुनेको घरेलु झोला बोकेर हिँड्ने गर्नुहुन्थ्यो । उहाँले त्यस्तै झोला अझै पनि बोकेर हिँड्नुहुन्छ । उहाँले त्यो झोलाभित्र के बोक्नुहुन्छ होला ? बजारमा अन्य झोला पनि पाइन्छन् तर किन यही झोला रोजाइमा पर्‍याे त ? भन्ने सधैँ मलाई जिज्ञासा लागिरहन्थ्यो । किनभने अहिलेको समयमा धागोबाट बनेको झोला कमै मात्रामा प्रयोग गरेको देखिन्छ । आफू सानै भएकाले सोध्न पनि अलि डर लाग्थ्यो । तर मैले सोचेको थिएँ कुनै दिन अवश्य सोध्ने छु ।

सधैँ सिर्जना र अन्य उत्पादनशील कार्यमा व्यस्त रहने भएका कारण मेरो यस्तो नचाहिँदो जिज्ञासाका बारेमा कुरा गर्न कसरी फुर्सद मिल्छ होला र भन्ने पनि लाग्थ्यो ।

केही वर्ष अगाडिको कुरा हो, सोलु एफएममा पेटको सारंगी नामक नाटक प्रसारण हुन्थ्यो । उक्त नाटकको लेखक तथा निर्देशक डिबी किराँती नै हुनुुहुन्थ्यो । र हामी पनि त्यस नाटकका पात्र भएर नाटक रेकर्ड गर्थ्याैं । त्यही क्रममा मैले एकदिन उहाँलाई सोधेँ, ‘अंकल यो झोलाभित्र के बोक्नुहुन्छ नि ?’

उहाँले हाँस्दै हाँस्नुभयो, ‘तँ मात्र होइन, मलाई यो प्रश्न धेरै जनाले गरेका छन् । कुनै बेला फुर्सद भएछ भने सुनाउँछु ।’

मैले फेरि भन्नका लागि आग्रह गरेँ । उहाँले जिस्कँदै भन्नुभयो- ‘एउटा अनौठो चरो बोकेको छु ।’

साधारण पहिरनमा सधैँ गम्भीर विचार लिएर हिँड्ने साहित्यकार किराँतीले बोकेको झोलामा के होला ? भन्ने धेरै अघिदेखिको जिज्ञासा हो मेरो ।

सायद, फागुन महिनामा होला, उहाँ बिरामी भएर काठमाडौँ आउनुभएको रहेछ । सोही क्रममा उहाँसँग भेट्ने मौका पाएको थिएँ । लामो कुराकानी भएका कारण मैले धेरै अगाडिदेखिको मेरो जिज्ञासा पूरा हुने आशा गरेँ । अरु कुराहरु हुँदै थियो, तर मैले अरु कुरालाई अलि मोडेर सोधेँ- ‘अंकल तपाईले फुर्सद भएको बेला झोलाको कहानी सुनाउँछु भन्नुभएको थियो नि…’

हाँस्दै भन्नुभयो, ‘अझै बिर्सेको छैनस् ?’
उहाँले यस पटक भने नाइँ भन्नुभएन ।
उहाँ आफ्नो झोलाको कहानी यसरी सुनाउनुहुन्छ …

म वि.सं. २०११ मा ओखलढुंगा जिल्लाको चार्खु भन्ने ठाउँमा पिता गोकुलमान राई र माता चन्द्रमाया राईको कान्छो छोराको रुपमा जन्मिएको हुँ ।

साहित्यको कुरा गर्नुपर्दा मेरो बुबाले महाभारत, रामायणका लामालामा श्लाेकहरु कन्ठस्थ भन्नुहुन्थ्यो । र मेरो वाक्य चल्दादेखि नै बाबाले जे भन्नुहुन्थ्यो म पनि त्यसैलाई पछ्याउने गर्थें । जुनबेला मैले ‘क’ भन्ने अक्षर फुटाएको थिइनँ । मन परेर नै ती श्लाेकहरु गाउन बानी बसेको थियो । साहित्यको प्रारम्भ साहित्य नै थियो ।

मेरा छ दर्जनभन्दा बढी पाण्डुलिपी नाटक छन् ।

पाण्डुलिपीमै धेरै विधामा कलम चलाउने गरेको छु । २०७५ साल मेरा लागि नाटक वर्ष भयो । उक्त वर्ष ११ वटा नाटकमध्ये ५ वटा नाटक प्रकाशन गरिएको थियो ।

काँ जान्छौ तन्नेरी, अर्थको अर्थ, के हुन बाँकी छ ? तीर्थधाम जाऔँ पुण्य कमाऔँ र बाहुनवाद प्रकाशन भएका नाटक हुन् ।

यसबाहेक कृषि सम्बन्धी तयार पारिएको प्रांगारिक कृषि डायरी, के हो नयाँ नेपाल, चौतारो र किचन गार्डेन लगायतका हाते पुस्तिका पनि प्रकाशन भएका छन् ।

४३ वर्ष भयो राजनीति गरेको अनि ५१ वर्ष भएछ साहित्य क्षेत्रमा कलम चलाएको । म झोलाभित्र मेरो हन्डर अनि कष्टका कथाहरु बोकेर हिँड्छु । अरुले वास्ता नगरेका कुराहरु टिपेर झोलाभित्र लगाउँछु । झोला सानो देखिए पनि यसभित्र जीवन भोगाइका ठूल्ठूला ठेलीहरु छन् । अनि मैले प्रकाशन गर्न नसकेका मेरा थुप्रै कृतिहरु छन् ।
आजभन्दा ५० वर्ष पहिला, मेरि कान्छी दिदी मणिदेवी राईले बुनेर भिराइदिनुभएको हो यो झोला । अहिले ७० वर्षको उमेर पुग्दा पनि उहाँ यो झोला बुन्दै हुनुहुन्छ, त्यसैले जति पटक फाटे पनि मैले मेरै दिदीले बुनेको घरेलु झोला बोक्दै आएको हो । अन्य बजारिया झोलाहरुमा मेरो मोह छैन । मेरो जिन्दगीको नजिकको साथी नै यही झोला हो । म यस झोलाभित्र मेरो संघर्षका कथाहरु संगालेर बोक्ने गरेको छु ।

मलाई चिन्ने बच्चा, जवान र बुढा सबैले तपाईको झोलामा के छ भनेर सोध्ने गरेका छन्, म सबैलाई बेग्लाबेग्लै उत्तर दिने गरेको छु ।

बच्चालाई यो झोलाभित्र एउटा अनौठो चरो छ भनेर जवाफ दिने गरेको छु । जवान युवाहरुलाई यो झोलाभित्र संघर्ष गर्ने जीवन पाखुरा छ भन्छु र बुढापाकाहरुले सोध्ने गर्दा यो झोलाभित्र भावी सन्ततिलाई दिने अर्ती उपदेश छ भन्ने गरेको छु ।

तर खासमा यो झोलाको इतिहास र डिबीको कथा यो किराँतीले सबैलाई सुनाउन सक्दैन । र सुन्नेले पनि पत्याउँदैनन् होला ।

यसबेला मेरो झोलाभित्र खोजी गर्ने हो भने नेपालमा आधुनिक प्रांगारिक कृषि क्रान्ति भेट्न सकिन्छ । यसैले यो झोला डिबीको अभिन्न साथी मात्र होइन, झोला डिबीको गुरु पनि हो ।

मैले ४३ वर्ष राजनीतिमा जीवन बिताएका कारण आफूलाई एक सफल राजनीतिज्ञ भन्न पनि रुचाउँछु । त्यसैले यो झोलाभित्र मेरा राजनितीक विचार, कृषि क्रान्तिका कुरा र साहित्यका भाषाहरु बोकेर हिँड्ने गरेको छु ।

Previous Post

सञ्चार मन्त्री युवराज खतिवडाको राजीनामा

Next Post

बीपी प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

Related Posts

FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

मंसिर २८, २०८०
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

अशोज २४, २०७९
हिँडदाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

बैशाख २७, २०७९
हिँडदाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

बैशाख ९, २०७९
हिँडदाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

फाल्गुन ६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इरानमा रहेका नेपालीलाई उद्धार गरिने:परराष्ट्रमन्त्री राणा

असार ७, २०८२

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

असार ७, २०८२

सांसद राजभण्डारीद्धारा लुक्लामा निर्मित पहिलो ब्याडमिन्टन कभर्ड हल उद्धघाटन

असार ७, २०८२

ग्वार्काे फ्लाइओभरको उद्घाटन

असार ६, २०८२

ठूलोगुमेला खानेपानी योजनाको उद्घाटन

असार ६, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!