dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मेरो ‘झोलामा’ जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-09-05
in हिँडदाहिँड्दै
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । साथीहरुसँगको साधारण भेटघाट होस् अथवा कुनै औपचारिक कार्यक्रम, ऊनीको धागोबाट निर्मित चिटिक्क परेको झोला बोकेर हरेक कार्यक्रममा सहभागी हुन पुगेको देखिरहेको हुन्थेँ- साहित्यकार डिबी किराँतीलाई ।

मैले जुन बेलादेखि साहित्यकार डिबी किराँतीलाई देखेँ, धागोले बुनेको घरेलु झोला बोकेर हिँड्ने गर्नुहुन्थ्यो । उहाँले त्यस्तै झोला अझै पनि बोकेर हिँड्नुहुन्छ । उहाँले त्यो झोलाभित्र के बोक्नुहुन्छ होला ? बजारमा अन्य झोला पनि पाइन्छन् तर किन यही झोला रोजाइमा पर्‍याे त ? भन्ने सधैँ मलाई जिज्ञासा लागिरहन्थ्यो । किनभने अहिलेको समयमा धागोबाट बनेको झोला कमै मात्रामा प्रयोग गरेको देखिन्छ । आफू सानै भएकाले सोध्न पनि अलि डर लाग्थ्यो । तर मैले सोचेको थिएँ कुनै दिन अवश्य सोध्ने छु ।

सधैँ सिर्जना र अन्य उत्पादनशील कार्यमा व्यस्त रहने भएका कारण मेरो यस्तो नचाहिँदो जिज्ञासाका बारेमा कुरा गर्न कसरी फुर्सद मिल्छ होला र भन्ने पनि लाग्थ्यो ।

केही वर्ष अगाडिको कुरा हो, सोलु एफएममा पेटको सारंगी नामक नाटक प्रसारण हुन्थ्यो । उक्त नाटकको लेखक तथा निर्देशक डिबी किराँती नै हुनुुहुन्थ्यो । र हामी पनि त्यस नाटकका पात्र भएर नाटक रेकर्ड गर्थ्याैं । त्यही क्रममा मैले एकदिन उहाँलाई सोधेँ, ‘अंकल यो झोलाभित्र के बोक्नुहुन्छ नि ?’

उहाँले हाँस्दै हाँस्नुभयो, ‘तँ मात्र होइन, मलाई यो प्रश्न धेरै जनाले गरेका छन् । कुनै बेला फुर्सद भएछ भने सुनाउँछु ।’

मैले फेरि भन्नका लागि आग्रह गरेँ । उहाँले जिस्कँदै भन्नुभयो- ‘एउटा अनौठो चरो बोकेको छु ।’

साधारण पहिरनमा सधैँ गम्भीर विचार लिएर हिँड्ने साहित्यकार किराँतीले बोकेको झोलामा के होला ? भन्ने धेरै अघिदेखिको जिज्ञासा हो मेरो ।

सायद, फागुन महिनामा होला, उहाँ बिरामी भएर काठमाडौँ आउनुभएको रहेछ । सोही क्रममा उहाँसँग भेट्ने मौका पाएको थिएँ । लामो कुराकानी भएका कारण मैले धेरै अगाडिदेखिको मेरो जिज्ञासा पूरा हुने आशा गरेँ । अरु कुराहरु हुँदै थियो, तर मैले अरु कुरालाई अलि मोडेर सोधेँ- ‘अंकल तपाईले फुर्सद भएको बेला झोलाको कहानी सुनाउँछु भन्नुभएको थियो नि…’

हाँस्दै भन्नुभयो, ‘अझै बिर्सेको छैनस् ?’
उहाँले यस पटक भने नाइँ भन्नुभएन ।
उहाँ आफ्नो झोलाको कहानी यसरी सुनाउनुहुन्छ …

म वि.सं. २०११ मा ओखलढुंगा जिल्लाको चार्खु भन्ने ठाउँमा पिता गोकुलमान राई र माता चन्द्रमाया राईको कान्छो छोराको रुपमा जन्मिएको हुँ ।

साहित्यको कुरा गर्नुपर्दा मेरो बुबाले महाभारत, रामायणका लामालामा श्लाेकहरु कन्ठस्थ भन्नुहुन्थ्यो । र मेरो वाक्य चल्दादेखि नै बाबाले जे भन्नुहुन्थ्यो म पनि त्यसैलाई पछ्याउने गर्थें । जुनबेला मैले ‘क’ भन्ने अक्षर फुटाएको थिइनँ । मन परेर नै ती श्लाेकहरु गाउन बानी बसेको थियो । साहित्यको प्रारम्भ साहित्य नै थियो ।

मेरा छ दर्जनभन्दा बढी पाण्डुलिपी नाटक छन् ।

पाण्डुलिपीमै धेरै विधामा कलम चलाउने गरेको छु । २०७५ साल मेरा लागि नाटक वर्ष भयो । उक्त वर्ष ११ वटा नाटकमध्ये ५ वटा नाटक प्रकाशन गरिएको थियो ।

काँ जान्छौ तन्नेरी, अर्थको अर्थ, के हुन बाँकी छ ? तीर्थधाम जाऔँ पुण्य कमाऔँ र बाहुनवाद प्रकाशन भएका नाटक हुन् ।

यसबाहेक कृषि सम्बन्धी तयार पारिएको प्रांगारिक कृषि डायरी, के हो नयाँ नेपाल, चौतारो र किचन गार्डेन लगायतका हाते पुस्तिका पनि प्रकाशन भएका छन् ।

४३ वर्ष भयो राजनीति गरेको अनि ५१ वर्ष भएछ साहित्य क्षेत्रमा कलम चलाएको । म झोलाभित्र मेरो हन्डर अनि कष्टका कथाहरु बोकेर हिँड्छु । अरुले वास्ता नगरेका कुराहरु टिपेर झोलाभित्र लगाउँछु । झोला सानो देखिए पनि यसभित्र जीवन भोगाइका ठूल्ठूला ठेलीहरु छन् । अनि मैले प्रकाशन गर्न नसकेका मेरा थुप्रै कृतिहरु छन् ।
आजभन्दा ५० वर्ष पहिला, मेरि कान्छी दिदी मणिदेवी राईले बुनेर भिराइदिनुभएको हो यो झोला । अहिले ७० वर्षको उमेर पुग्दा पनि उहाँ यो झोला बुन्दै हुनुहुन्छ, त्यसैले जति पटक फाटे पनि मैले मेरै दिदीले बुनेको घरेलु झोला बोक्दै आएको हो । अन्य बजारिया झोलाहरुमा मेरो मोह छैन । मेरो जिन्दगीको नजिकको साथी नै यही झोला हो । म यस झोलाभित्र मेरो संघर्षका कथाहरु संगालेर बोक्ने गरेको छु ।

मलाई चिन्ने बच्चा, जवान र बुढा सबैले तपाईको झोलामा के छ भनेर सोध्ने गरेका छन्, म सबैलाई बेग्लाबेग्लै उत्तर दिने गरेको छु ।

बच्चालाई यो झोलाभित्र एउटा अनौठो चरो छ भनेर जवाफ दिने गरेको छु । जवान युवाहरुलाई यो झोलाभित्र संघर्ष गर्ने जीवन पाखुरा छ भन्छु र बुढापाकाहरुले सोध्ने गर्दा यो झोलाभित्र भावी सन्ततिलाई दिने अर्ती उपदेश छ भन्ने गरेको छु ।

तर खासमा यो झोलाको इतिहास र डिबीको कथा यो किराँतीले सबैलाई सुनाउन सक्दैन । र सुन्नेले पनि पत्याउँदैनन् होला ।

यसबेला मेरो झोलाभित्र खोजी गर्ने हो भने नेपालमा आधुनिक प्रांगारिक कृषि क्रान्ति भेट्न सकिन्छ । यसैले यो झोला डिबीको अभिन्न साथी मात्र होइन, झोला डिबीको गुरु पनि हो ।

मैले ४३ वर्ष राजनीतिमा जीवन बिताएका कारण आफूलाई एक सफल राजनीतिज्ञ भन्न पनि रुचाउँछु । त्यसैले यो झोलाभित्र मेरा राजनितीक विचार, कृषि क्रान्तिका कुरा र साहित्यका भाषाहरु बोकेर हिँड्ने गरेको छु ।

Previous Post

सञ्चार मन्त्री युवराज खतिवडाको राजीनामा

Next Post

बीपी प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

Related Posts

FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

2022-10-10
हिँडदाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

2022-05-10 - Updated on 2022-05-11
हिँडदाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

2022-04-22 - Updated on 2022-05-02
हिँडदाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

2022-02-18 - Updated on 2022-04-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.