dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

भत्तामा हजार रुपैयाँ थपिँदा वृद्धवृद्धाको मुहारमा खुसी

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-05-30
in FEATURE, समाचार
5
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । एकपटक तरकारी किन्न निस्कियो भने हजार रुपैयाँ सकिन्छ । दुई–चार जना साथी मिलेर चिया खान बसे हजार रुपैयाँ एकैछिनमा सकिन्छ । बढ्दो महँगीका कारण रुपैयाँको मूल्य धेरै सस्तो भएको छ ।

तर त्यही हजार रुपैयाँले अधिकांश वृद्धवृद्धाको मुहारमा भने खुसी ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १५ गते बजेट ल्यायो । प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेशमार्फत ल्याइएको पूर्ण आकारको बजेटको विभिन्न कोणबाट विरोध भइरहेको छ ।
तर बजेटमार्फत सरकारले वृद्धवृद्धालाई दिँदै आएको वृद्धभत्तामा एक हजार रुपैयाँ वृद्धि गर्दै मासिक चार हजार रुपैयाँ पुर्‍यायो ।

सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

विभिन्न शीर्षकमा विनियोजित रकममध्ये सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब बजेट विनियोजन भएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब बजेट विनियोजन भएसँगै वृद्धभत्ता मासिक चार हजार रुपैयाँ पुर्‍याइएको छ भने सबै किसिमको सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ ।

बजेट भाषण सुनिरहँदा कतिपयले खल्लो भयो अथवा आगामी चुनावलाई लक्षित गरी छुट्याइएको हो भनेर प्रतिक्रिया दिइरहँदा वृद्धवृद्धा भने खुसी भएका हुन् ।

तेह्रथुम फेदाप २ गाउँपालिकाकी ९६ वर्षीया हरिमाया भुजेललाई बजेट भाषणले भत्ता चार हजार रुपैयाँ पुग्यो भनेर छोराले सुनाएपछि उनको अनुहारमा खुसी देखियो ।
पहिलोपल्ट ६ सय रुपैयाँ वृद्धभत्ता थापेको उनी बताउँछिन् । त्यसपछि बढेर हजार रुपैयाँ हुँदै अहिले चार हजार पुग्यो भन्ने सुन्दा खुसी लागेको सुनाइन् ।

उनी भन्छिन्, ‘खै… वर्षैपिच्छे बढाए त हुने नि ! बढाउँदैनन् । हामी काम गर्न नसक्ने बूढाबूढीलाई सरकारले केही गर्देला कि भन्ने आश हुन्छ ।’

सोलुखुम्बू थुलुङ दूधकोसी गाउँपालिका–६ का ८१ वर्षीय उत्तरकुमार राई पनि मासिक भत्ता बढ्यो भन्ने समाचारले खुसी छन् । भत्ता बढ्यो रे भनेर नातिले सुनाएपछि फेरि आफूले पनि टेलिभिजनमा समाचार हेरेर एकिन भएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘अघिल्लो साल पनि भत्ता बढाउँछ भन्थे, बढाएन । योपालि बढाएछ । हामीजस्ता बूढाबूढीलाई यो खुसीको कुरा हो ।’

यस्तै थुलुङ दूधकोसी गाउँपालिका–१ नेलेकी ७८ वर्षीय शान्तिमाया राई हरेक वर्ष हुने बजेट भाषण सुन्ने गरेको बताउँछिन् ।

गत वर्षको बजेट भाषणमा सरकारले वृद्धभत्ता नबढाउँदा निराश भएकी राई यो वर्ष एक हजार बढेको भन्दा हर्षित छिन् ।
‘छोराछोरी कर्मचारी भएपछि सुन्न चासो हुँदोरहेछ, त्यही भएर बिहानदेखि बजेट भाषण पर्खेर बसेकी थिएँ । हाम्रा लागि एक हजार बढाइदिएछ अनि निजामती कर्मचारीको दुई हजार बढाएछ ।’

दुई हजारबाट सुरु भएको उनको भत्ता पछि तीन हजार हुँदै अहिले चार हजार पुग्दा आफूलाई केही राहत मिलेको बताउँछिन् । उनी भन्छिन्, ‘सरकारले बढाएको भत्ता हाम्रा लागि प्रशस्त भन्न त मिल्दैन । तर यति भा’पनि गरिरा’को छ, खुसी लाग्छ नि…’

अछाम साँफेबगर नगरपालिका–५ की ७६ वर्षीया तिलुदेवी ठकुल्लालाई पनि नातिनीले पैसा बढ्यो रे भनेर सुनाइन् । उनले १२ सय रुपैयाँदेखि भत्ता लिँदै आएको सुनाउँछिन् ।
वृद्धाभत्ताबाट आएको पैसाले उनी आफ्ना लागि सँगै घरका लागि पनि खर्च गर्छिन् ।


रामेछाप हुलासे पोखरी नगरपालिकाकी ७३ वर्षकी मार्गी डोल्मा लामा काठमाडौँमै बस्छिन् । उनलाई बजेट भाषण हुन्छ भन्ने नै थाहा छैन ।

उनलाई छोरीले बजेट भाषणमा वृद्धभत्ता बढ्यो भनेर सुनाएको बताउँछिन् । उनी भन्छिन्, ‘खै कसले बढाउँछ भन्ने त थाहा छैन । चार हजार पुगो अरे भनेर छोरीले भनेकी ।’
उनले चार–चार महिनाको अवधिमा सरकारले बाँड्ने भत्ता अहिलेसम्म ४८ हजार रुपैयाँ पाएको बताइन् । भत्ताको पैसाले खाद्यान्नलगायत आफूलाई चाहिने कुरा किन्ने गरेको उनी बताउँछिन् ।

७१ वर्षका तेह्रथुम फेदाप–२ का अमृतबहादुर भुजेलले गत वर्षदेखि मात्र भत्ता लिन सुुरु गरेका हुन् ।

उनी भन्छन्, ‘वृद्ध अवस्थामा आइपुग्दा सरकारले यसरी भत्ताको व्यवस्था गरेर बर्सेनि बढाइदिँदा राम्रो लाग्छ । पहिला काम गरेर खाइयो, अब यो अवस्थामा पहिलाजस्तो काम गर्न सकिँदैन ।’

सामाजिक सुरक्षा भत्तामा वृद्धि हुँदा वृद्धवृद्धामा केही खुसी थपिएको छ । यसरी वृद्धवृद्धाको मुहारमा देखिएको खुसी राज्यका लागि पनि खुसीको कुरा हुन सक्छ ।
यसैगरि हरेक वर्ष देशैभरका जेष्ठ नागरिकको आवश्यकता र समस्यालाई सम्बोधन गर्दै लैजाने हो भने सडक र वृद्धाश्रममा देखिने वृद्धवृद्धालाई पनि आफ्नो सुरक्षित घरमा देख्न सकिने छ ।

Tags: बजेट भाषण%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f-%e0%a4%ad%eवृद्धभत्ता%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%ad%e0%a4वृद्धवृद्धा%e0%a4%b5%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%b5%e0%a5%83%e0
Previous Post

माटो परीक्षणबारे जानकार हुँदै कृषक

Next Post

हिउँका साथी पेम्बा : हजारौँ आरोहीको पीडामा सहायता दिँदादिँदै आफ्नो पीडा बिर्सन्छन ।

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.