dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-29
in समाज
6
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । माप्यदुधकोशी गाउँपालिकाले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्ने भएको छ । बिगत लामो समयदेखि पर्यटन क्षेत्रको बिकास केन्द्रित खोज अनुसन्धान गर्दै आएको माप्यदुधकोशीले एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औपचारिक शुरुवात गर्न लागेको हो ।

नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा संचालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन (STLRP) को आर्थिक सहयोगमा पालिकाले ५ देखि ९ दिनसम्मको अवधिमा पुरा गर्न सकिने सो पर्यटकिय पदमार्गको शुरुवात गर्न लागेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुुसार भाद्र १६ गते सोमबार काठमाण्डौ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रम मार्फत अन्ततः एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औचारिक शुरुवात हुनेछ ।

यस पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य अग्ला हिमश्रृखंला, प्राकृतिक तथा साँस्कृति सम्पदा, पहाडी तथा हिमाली गाउँघर, त्यहाँको रहनसहन, गुराँसको मनमोहक दृश्य सहित पैदल मार्गको आनन्द लिन सकिने उपाध्यक्ष गौरव राई बताउनुभयो ।

रक क्लाईम्बिङका लागि प्रचुर सम्भावना रहेको सो पालिकाले बिगतमा पनि यसै पदमार्गलाई प्रबद्र्धन गर्ने उद्धेश्यले म्याराथन, प्रबद्र्धनात्मक तथा प्रचारात्मक कार्यक्रम, रक क्लाईम्बिङको सम्भावना अध्ययन सहित क्लाईम्बिङ अभ्यास लगायतका कार्य गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

Tags: पर्यटनमाप्य
Previous Post

मुख्यमन्त्री कार्की र जापानका राजदूतवीच भेटघाट

Next Post

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.