dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

Dudhkoshi Online by Dudhkoshi Online
2025-10-11
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । थुलुङ राई सामा केन्द्रीय कार्यसमिति काठमाडौँको चौथो साधारण सभा सम्पन्न भएको छ । सामाका अध्यक्ष भलाकाजी थुलुङको अध्यक्षता एवं संविधान सभा सदस्य तथा सामाका पूर्व अध्यक्ष गोकर्ण राईको प्रमुख आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका ७ दक्षिण ढोका स्थित सामाको कार्यालयमा आज शनिवार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सामाका अध्यक्ष भलाकाजी थुलुङ र कोषाध्यक्ष दिल कुमारी थुलुङले प्रस्तुत गर्नुभएको प्रतिवेदन कार्यक्रममा उपस्थित सम्पूर्णले सर्वसम्मत रूपमा पारित गरेको थुलुङ राई सामाले जनाएको छ ।

सामाका कोषाध्यक्ष दिल कुमारी राईले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१ ०८२ को आर्थिक प्रतिवेदनमा आयतर्फ ६ लाख ३७ हजार पाँच सय ७५ रुपैयाँ र व्ययतर्फ ६ लाख ३७ हजार ६५ रुपैयाँ रहेको उल्लेख छ ।

चौथो साधारण सभाको अवसरमा जग्गादाता प्रदीप राईलाई कदर पत्रका साथ सम्मान गरिनका साथै सामाका विशेष संरक्षक मोहन थुलुङ लगायत अन्य संरक्षकहरूलाई सम्मान गरिएको सामाका महासचिव तुमबहादुर थुलुङले जानकारी दिनुभयो ।
संविधान सभा सदस्य गोकर्ण राईले प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै भाषा सूचिकृतमा राज्यले विभेद गरेको बताउनुभयो ।

‘तपाईँहरूले फेसबुकमा हेर्नुभयो होला, देश त एनजिओ ले चलाइरहेका रहेछन् नी तर हाम्रो थुलुङ भाषाको लागि खै त ? एनजिओ पनि छैन, राष्ट्रिय सहयोग पनि छैन त्यसैले हामी सचेत हुनपरयो ।’ उहाँले भन्नुभयो ।

सामाका अध्यक्ष भलाकाजी थुलुङले लोप भएको भाषा र संस्कारलार्ई जगेर्नाका लागि समग्र थुलुङ राई एकजुट हुन आग्रह गर्नुभयो । उहाँले विभिन्न चुनौतीका साथ संस्थालाई निरन्तर अगाडि बढाउन सफल भएको बताउँदै फुटेर होइन जुटेर एकसाथ जान सके मात्र थुलुङ समुदायको हित हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैको सक्रियता कै कारण सामाले निरन्तरता पाउनका साथै कानुनी प्रक्रिया पूरा गरी नवीकरण हुँदै विभिन्न कार्यक्रमहरू गर्न सफल भएका छौँ ।’

यस्तै जन जागृति माध्यमिक विद्यालय सोलुखुम्बुका पूर्व प्रधानाध्यापक प्रेम कुमार राईले थुलुङ भाषा संस्कार संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले केन्द्रीय समितिले थुुलुङ समुदायलाई एकत्रित गरी शाखा विस्तार गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा थुलुङ राई सामाका केन्द्रीय पदाधिकारी लगायत थुलुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

समग्र थुलुङ राई समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षण संवर्द्धन गर्ने उद्देश्यका साथ २०५८ सालमा स्थापना भएको सामाजिक संस्था थुलुङ राई सामाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Tags: थुलुङसामा
Previous Post

आज फूलपाती

Next Post

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29
समाज

माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.