काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतको नजिरको आधारमा संसद पुनस्र्थापना हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै उहाँले यसो बताउनुभएको हो ।
पत्रकारहरु सँग कुरा गर्दै पोखरेलले भन्नुभयो,‘ सुशीला कार्की नेतृत्वको सरकारलाई जनता र संसद्ले चिनेको छैन । ’
उहाँले बहुमत प्राप्त गरेको सरकारले विघटन गर्दा समेत विघटन गर्न पाइदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भनेर विस्वास नभएको उहाँले बताउनुभयो ।












Discussion about this post