काठमाडौं । नेकपा एमालेले आज विघटित संसदीय दलको बैठक बोलाएको छ । दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा दलको बैठक बस्न लागेको हो ।
एमाले दल स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको संसदलाई पुनस्र्थापना गर्नुपर्ने नेकपा एमालेको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको हो ।
विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद विघटन र पुनस्थापना बारेमा अध्यक्ष केपी शर्मा ओलीले साँसदहरुलाई जानकारी गराउनुहुनेछ ।
संसद विघटनको संवैधानिक परीक्षण बाँकी रहकोले त्यसका लागि दल वा साँसद अदालतमा जाने विषयमा पनि आजको छलफल केन्द्रित हुने बर्तौलाले जानकारी दिनुभयो ।













Discussion about this post