dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

अरूको नाममा आइपिओ भर्नेलाई रोक्न छुट्टै सफ्टवेर विकास गरिँदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
फाल्गुन २१, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । डिम्याट खाता खोल्दा डिपीले आफ्ना ग्राहकको विवरण भर्नका लागि छुट्टै सफ्टवेर विकास गरिँदैछ । सफ्टवेयर विकासका लागि आवश्यक स्पेसिफिकेसन तयार गरेर बिडिङ प्रक्रियामा रहेको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले बताउनुभयो ।

स्पेसिफिकेसन तयार भएपछि डिपीहरू सिडिएससीसँग जोडिन्छन्। केन्द्रिकृत केवाइसी विवरण हुने भएपछि पटक(पटक केवाइसी फारम भर्नुपर्ने झन्झट पनि नरहने उहाँले भनाइ छ । साथै व्यक्तिको नागरिकतामा भएको फोटो र उपस्थित भएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन (आर्टिफिसियल इन्टेलिजेन्स) संयन्त्रको समेत सिस्टममा प्रयोग गर्ने तयारी रहेको आचार्यले बताउनुभयो ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार पुगेसम्म सबैलाई १० कित्ता सेयर दिनुपर्नेछ, नपुगेमा गोलाप्रथाबाट छनौट गर्नुपर्छ। १० कित्ताभन्दा धेरै पुग्ने भएमा सो अंकले भाग जाने सेयर संख्या सबैलाई दिनुपर्नेछ ।

छरिएको पुँजीलाई एकीकृत गर्ने र बाँडफाँडमा समानुपातिक सिद्धान्त कायम गर्ने निर्देशिकाको लक्ष्य हो। निर्देशिकाअनुसार धेरै व्यक्तिको नामबाट आवेदन दिँदा पुगेसम्म सबैलाई १०–१० कित्ता पर्छ भने नपुगेमा गोलाप्रथा गरेमा पनि कसै न कसैलाई पर्न सक्छ भन्ने मान्यता छ।

यही मान्यताले गर्दा पनि आइपिओको खेती फस्टाएको धितोपत्र बोर्डका अधिकारीहरू नै बताउँछन्।

आइपिओ पनि प्रिमियम रकम थपेर जारी गर्न पाइने व्यवस्था भएकाले अब अरूका नाममा खेती गर्नेको संख्यामा कमी आउने बोर्डको दावी छ।

हाल डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ हजार छ, तर आइपिओ भर्नेको संख्या भने १५ लाख हाराहारीमा मात्रै छ। यसको अर्थ पहिले नै खोलिएका धेरै डिम्याट खाता अहिले निष्क्रिय भइसके।

एक व्यक्तिले दुईभन्दा बढी यस्तो खाता खोल्न नपाइने व्यवस्था छ । करिब १ लाख ७० हजारले मात्रै दुई वटा खाता खोलेको सिडिएससीको तथ्यांक छ ।

स्रोत सेतोपाटी

Tags: DmatIPO
Previous Post

कोरोना भाइरसविरुद्धको खोप अस्ट्रेलिया पठाउन रोक

Next Post

मेलम्चीको पानि काठमाडौंमा

Related Posts

समाज

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८
समाज

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८
समाज

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८
समाज

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८
समाज

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

बैशाख १, २०७८
समाज

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

बैशाख १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!