dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

Dudhkoshi Online by Dudhkoshi Online
कार्तिक १४, २०७९
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँले देउसी भैलो खेलेर एक लाख ४५ हजार आठ सय ४० रुपैयाँ आर्थिक संकलन गरेको छ । कार्तिक १० गते बिहीबारको दिन लतिपुरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट उत्त आर्थिक संकलन गरेको हो ।
भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको संस्थाले देउसी भैलोबाट संकलित रकमले संस्थाको जग्गा खरिद साथै सामाजिक कार्यका लागि सदुपयोग गर्ने संस्थाका सदस्य जसीहव थुलुङ राईले जानकारी दिनुभयो ।
चस्कुच्यो मुलिनेम उत्थान समाज देउसी भैलो कार्यक्रमका संयोजक जसीहव थुलुङ राईका अनुसार कार्यक्रममा सयाँै वर्ष पुरानो किमो काम्सो, मारुनि भाका लगायतका मौलिक संस्कार, संस्कृति साथै थुलुङ राईको भाषीक गितका साथमा नृत्यहरु प्रस्तुत गरिएको थियो । आधुनिकतासगैँ ओझेलमा परेका संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले खेलिएको देउसी भैलो कार्यक्रममा आफनै भाषा, रीतिरीवाजका कुराहरुलाई प्राथमिकताका साथ उठान गरीएको संस्थाका सदस्य एंव देउसी भैलो कार्यक्रमका संयोजक राईले बताउनुभयो । उहाँले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्ताण्तरण गर्न सकेमा मात्र पहिचान रहन सक्ने बताउँदै देउसी भैलो कार्यक्रम मार्फत नयाँ पुस्तालाई महत्वपूर्ण सन्देस प्रवाह गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो ।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका लुभुस्थित अधिवत्ता सुभाषचन्द्र थुलुङ र खड्गीशोभा थुलुङको निवासमा खेलिएको देउसी भैलो कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको संस्थाका सदस्य जसीहव थुलुङ राईले जानकारी दिनुभयो ।

Previous Post

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

Next Post

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

Related Posts

समाज

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९
समाज

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९
समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८
समाज

अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु

जेष्ठ ३०, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!