२०७९ वैशाख ३० गते स्थानिय तहको निर्वाचन देशैभर एकसाथ हुन गइरहेको छ । आफनो गाउँ विकासको लागि सक्षम अनि क्षमतावान जनप्रतिनिधि चुन्नका लागि आम नागरिक पनि आत्तुर देखिएका छन ।
सोलुखुम्बु जिल्लामा आठ स्थानिय तहहरु छन । जसमा थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा एमालेबाट आङ बाबु राईको गाउँपालिका अध्यक्षमा उमेद्धद्धारी घोषणा गरिएको छ । अधिवत्ता समेत रहनुभएका आङ बाबु राई को हुन त ? पारिवारीक पृष्ठभूमि पेशागत दक्षता र राजनितिक यात्राको विषयमा छोटो लेख तयार पारेका छौँ ।
को हुन आङ बाबु राई…
(पारिवारिक पृष्ठभूमि)
बुबा माईते राई र आमा गौसा कुमारी राइको कान्छा छोरा हुन आङ बाबु राई । उहाँको जन्म विस २०३८ साल मंसिर १ गते, थुलुङ दुधकोशी गा.पा. वडा नं. ८ साविकको देउसा गा.वि.स. वडा नं. १ रणेममा भएको हो । ठूलो दाई चन्द्र कुमार राई हङकङ, चीनमा बस्नु हुन्छ भने सानो दाई आङ पासाङ राई अष्ट्रेलियान सरकारको जागिरे हुनुहुन्छ उहाँ अष्ट्रेलियामा बस्नु हुन्छ ।
आङ बाबु राईको विवाह थुलुङदुधकोशी गा.पा. १ साविक नेले गा.वि.स वडा नं. ७ निवासी राजु राई र राधादेवी राईको कान्छी छोरी रश्मी राई सँग मिति २०६६ साल माघ २४ गते भएको थियो । उहाँको दुई सन्तान छोरा आरभ राई र छोरी अकिरा राई छन् ।
शिक्षा अनि पेशा
आङ बाबु राईले आफनो प्राथमिक शिक्षा श्री दुधकौशिका प्रा.वि., रणेमबाट सुरुवात गर्नुभएको हो । त्यसपश्चात माध्यामिक तहको शिक्षा श्री जीवन ज्योति मा.वि. नेलेबाट पूरा गर्नुभयो । उहाँले २०५३ सालमा एस.एल.सी. मा सेन्टर टप समेत गर्नुभयो ।
उच्च शिक्षा अध्ययनका लागि काठमाडौ जानुभयो । उहाँले पब्लिक युथ क्याम्पस, धोविचौर, काठमाडौंबाट आई कम. अध्ययन गर्नुभयो साथै शंकर देव क्याम्पस, पुतलिसडक, काठमाडौंबाट अकाउण्ट विषयमा स्नाकोत्तर तहको अध्ययन पूरा गर्नुभयो । यस्तै नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गबाट एल.एल.वि. अर्थात कानुन विषयको समेत अध्ययन पूरा गर्नुभयो ।
आफनो श्रीमान लाहुरे भएको कारणले पनि हुन सक्छ गौसा कुमारी राइले छोरा आङ बाबु राईलाई लाहुरे नहुनु, बरु प्रा.वि.को मास्टर भएर गाउँकै मानिसलाई शिक्षित बनाउनु भन्ने गर्नुहुन्थ्यो । आमाको आफनै समाज र देशप्रतिको मोह, सदभाव अनि प्रेरणाले आङ बाबु राईलाई पढाईबाट टाढा जान मन लागेन ।
आङ बाबु राई पेशाको हिसावले विभिन्न प्राईभेट ईन्टिच्युडहरुमा मास्टर र व्याचलर लेभललाई एकाउन्ट, ट्याक्स र स्टाटिस्टिक म्याथ अध्यापन गराउनुहुन्छ । यस्तै विभिन्न संस्थामा Chief Accountant भई काम गरीसक्नुभएको छ भने बिभिन्न संस्थामा अडिटिङको काम समेत गर्नुभएको छ । आङ बाबु राईले अधिवत्ता भई काठमाडौंको जिल्ला, उच्च र सर्वोच्च अदालमा काम गर्दै आउनुभएको छ ।
राजनितिक यात्रा
आङ बाबु राईलाई राजनितिमा अगाडि आउनका लागि आफनै बुबाको कार्यशैलिले प्रभाव पारेको थियो । वि.सं. २०४३ सालमा बुबा माईते राई उप–प्रधान पञ्चमा निर्वाचित भई कार्यवाहक प्रधानपञ्चको काम गर्नु भए पछि राजनितिक रुपमा प्रभाव परेको बताउनुहुन्छ । विस २०५४ साल देखि बामपन्थी विचार धाराबाट प्रभावित भई कलेजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा शुरु भएको हो । नेकपा एमाले पार्टीको भातृसंगठन र जनबर्गीय संगठनहरु जस्तै नेकपा(एमाले)को भातृ संगठन अनेरास्वव्यूबाट शुरु गरी, पेशागत संगठन प्रगतिशील तथा पेशागत कानून व्यावसायी संगठन (एएीब्) नेपाल, उच्च अदालत पाटन, नेकपा (एमाले) सोलु काठमाडौं सम्पर्क मञ्चको सचिव, नेकपा(एमाले) सोलुखुम्बु जिल्ला कमिटिको सदस्य भई काम गरेको लामो अनि राम्रै अनुभव छ ।
बुबा माईते राई र ठूलो दाई चन्द्र कुमार राई तथा शिक्षाको पहिलो स्रोत आमा गौसा कुमारी राई, सानो दाई आङ पासाङ राई, गुरुवर्ग, क्याम्पसका प्राध्यापकहरु, साथिहरु, संञ्चार, किताब, सामाजिक सञ्जाल, सूचना प्रविधि र शिक्षालाई आङ बाबु राइले राजनीतिक चेतनाको मूख्य स्रोतको रुपमा मान्नुभएको छ ।
थुलुङ दुधकोशी गाउँपालिकामा गाउँपालिका प्रमुखको उमेदद्धारी घोषणा गर्नुभएका आङ बाबु राईको गाउँपालिकाको विकासको लागि के कस्ता भिजनहरु रहेका छन त ? गाउँपालिका अध्यक्षका प्रत्यासी आङ बाबु राईसँगको यो कुराकानि:
- रोजगारीको क्षेत्रमा कसरी काम गर्ने योजना बनाउनुभएको छ ?
– प्रत्येक युवाहरुलाई रोजगारीको ग्यारेण्टी प्रदान गरीनेछ ।
– साना उद्योगहरु खोल्न युवाहरुलाई उत्प्रेरित गरीनेछ । साथै उद्योग खोल्न पालिकाबाट युवाहरुलाई रु.१०,००,००००÷–(दश लाख) सम्म ऋण सहयोग पनि प्रदान गरीनेछ ।
– पालिका भित्र रहेका भूमि, बनजंगल, पर्यावरणहरुको उचित उपयोग गरी युवा रोजगारीको सृजना गरीनेछ ।
– युवा महिलाहरुलाई विशेष रोजगारीको व्यवस्था गरीनेछ ।
– प्रत्येक घरको उत्पिडित, पिछडिएको, आर्थिक रुपमा विपन्न परिवारको सदस्यलाई रोजगारीको सुनिश्चित गरीनेछ ।
- शिक्षाको क्षेत्रमा कसरी अगाडि बढ्नुहुन्छ ?
–सवै विद्यालयहरुको शैक्षिक वातावरणमा सुधार गरी विद्यार्थिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम योग्य नागरीक उत्पादन गरीनेछ ।
– आर्थिक रुपमा विपन्न उत्पिडित, जनजाति, खस आर्य परिवारका विद्यार्थीहरुलाई उच्च शिक्षामा निःशुल्क अध्ययनको लागि व्यवस्था गरीनेछ ।
– शिक्षकहरुलाई कुनै राजनीतिक आस्था राखेकै भरमा पूर्वाग्रही ढंगबाट अपायक पर्ने ठाउँमा सरुवा गर्ने र मानसिक तनाव दिने कार्यको बन्द गरी स्वतन्त्र पेशागत राजनीति गर्ने अधिकार प्रदान गरिने छ ।
– विद्यालयमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी स्वतन्त्र संस्थाको रुपमा विकास गरीनेछ ।
– शिक्षकहरुलाई समय समयमा आवश्यक तालिम प्रदान गरी उहाँहरुको थप क्षमताको विकास गरिनेछ ।
– विद्याललाई आवश्यक पूर्वाधारको व्यवस्थित ढंगले निर्माण गरिनेछ ।
– विद्यार्थीहरुको स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता पूर्वक हेरिनेछ । यसको लागि छुट्टै नियम बनाई लागू गरिनेछ
- स्वास्थ्यको विषयमा के कस्ता योजना बनाउनुभएको छ त ?
– स्वास्थ्य नागरीकहरुको मौलिक अधिकार हो । यस कारण हेल्थ पोष्टलाई भौतिक, प्राविधिक रुपमा विकास र विस्तार गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरीनेछ ।
– फिल्डमा जाने स्वास्थ्यकर्मीहरुको भत्ता र वीमाको व्यवस्था मिलाईनेछ । उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिनेछ साथै उनिहरुको छोरा छोरीहरुलाई निःशुल्क उच्च शिक्षा प्रदान गरीनेछ ।
– हेल्थ पोष्टमा आवश्यक औषधिको अभाव हुन दिईने छैन । यसको लागि वडा वडामा फार्मेसी सञ्चालन गर्नको लागि प्रमाणपत्रवाला युवाहरुलाई उत्प्रेरित गराउनुको साथै रु. २,००,०००÷–(दुई लाख) सम्म फार्मेसी सञ्चालन गर्नको लागि विना व्याज आर्थिक सहयोग सञ्चालकलाई प्रदान गरिनेछ ।
– पालिकामा एक एम.वि.वि.एस. डाक्टर राखीनेछ । - बृद्ध, महिला तथा बालबालिकालाई कार्यक्रममा कसरी समेट्नुहुन्छ ?
– ६० बर्ष नाघेका बृद्धहरुको स्वाथ्य उपचार र महिला प्रसुति स्वाथ्य सेवालाई घर दैलोमा प्रदान गरीनेछ ।
– बृद्ध, महिला, एकल पुरुष र महिला तथा बालबालिकाहरुको खानपान, स्वास्थ्य तथा सामाजिक सुरक्षाको उचित व्यवस्थापन गरीनेछ ।
– बृद्ध भत्ता र अन्य सुरक्षाका भत्ताहरु घरैमा गई प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
जाति, धर्म र भाषालाई कसरी लिनुहुन्छ ?
– जातजाति बीच रहने असहज परिस्थितिलाई सामान्यिकरण गर्दै लगि सामन्जस्यताको वातावरण सृजना गरीनेछ । कसैलाई जातिय आधारमा भेदभाव गरिने छैन ।
– विभिन्न जात जातिका धार्मिक स्थलहरु तथा पालिका भित्र रहेका मुख्य धार्मिक स्थालहरुको संरक्षण र पूर्वाधारहरु व्यवस्थित गरिनेछ ।
नेपाल त प्राकृतिक स्रोतको धनि देश, अनि बनजङ्गल र पर्यावरणको क्षेत्रमा के कस्ता योजना छन त ?
– बनजंगल, जडिबुटी, पर्यावरणको उचित व्यवस्थापन र सदुपयोग गरी उद्योग, पर्यटन व्यवसाय मार्फत रोजगारीको सृजना गरी गाउँपालिका बासीहरुको आर्थिक जीवन स्तर परिर्वतन गरिनेछ ।
– बनजङ्गल तथा पर्यावरण संरक्षणको लागि पालिकाले महत्व पूर्ण कार्यक्रम सञ्चालन गर्नेछ ।
कृषिप्रधान देश नेपाल । के कृषकले भनेजस्तो काम गर्नसक्नुहुन्छ ?
–प्रत्येक कृषकहरुलाई बालि लगाउने बेला र उठाउने बेलामा पालिकाबाट आर्थिक तथा विउविजनको सहयोग गरिनेछ । कृषि व्यवसाय विस्तार गर्नको लागि कृषकहरुलाई रु. १,००,०००÷–(एक लाख) सम्म अनुदान प्रदान गरीनेछ ।
– खाली जमिनको प्रयोग गरी धान, गहुँ, जौ, मकै, कोदो, आलु, फापर, तेलहन, दलहन र तरकारी खेती गर्ने कृषिकहरुलाई उत्पादन र भूमीको उपयोगको हिसाले युवा कृषकहरुलाई रु. ५००,०००÷– (पाँच लाख) सम्म अवश्यक प्रदान गरीने छ ।
– माछापालन, गाई, भैंसी पालन, बाख्रापालन र पोल्ट्री फार्म व्यवसाय सञ्चालन गर्नको लागि पालिकाबाट व्यावसायिक कृषकहरुलाई रु. २०,००,०००÷–(बीस लाख) सम्म ऋण प्रदान गरीनेछ ।
– फलफूल खेती गर्ने कृषकलाई रु. ३,००,०००÷–(तीन लाख) सम्म खेती हेरेर सिंचाईको लागि अनुदान प्रदान गरीने छ ।
– प्रत्येक कृषकहरुलाई दुनो गाइर्, भैंसी खरीद गर्नको लागि रु. १,००,०००÷–(एक लाख) सम्म अनुदान प्रदान गरिनेछ । कृषकहरुको कृषिबाली, पशुपंक्षीको लागि विमा गराईनेछ ।
– फलफुलखेती, कन्दमुल र नगदेवाली खेती गर्न लगाउन कृषकहरुलाई उत्प्रेरित गराईनेछ । यसको लागि पालिका बाट रु. १००,०००÷–(एक लाख) सम्म अनुदान प्रदान गरीनेछ ।
– प्राकृतिक प्रकोपबाट कृषिबाली नष्ट भएमा कृषकहरुलाई उचित क्षतिपूर्ति प्रदान गरिनेछ ।
– कृषकहरुको लागि प्रत्येक वडामा सित भण्डारणको निर्माण गरिनेछ ।
– कृषि सहकारीलाई बृहत्तर रुपमा प्रयोग गरी कृषकहरुको जीवन स्तरमा बृद्धि गराईनेछ । कृषि सहकारीहरुलाई रु. २,००,०००÷–(एक लाख) सम्म अनुदान प्रदान गरीनेछ ।
अब कुरा गरौँ सडक अनि विजुली बत्ति को । गाउँका मानिस अझै सडकदेखि अलग छन नि ?
– गाउँपालिका भित्र रहेका कच्चि रोडहरुको स्तरोन्नति गरिनेछ । साथै आवश्यक मात्रमा रोड ट्र्याक ओपन गरीने छ ।
– प्रत्येक वडाबाट गाउँपालिका आउने मुख्य रोडहरुको बीच गरिनेछ ।
– प्रत्येक वडामा भएको पेल्ट्री सेटलाई विस्थापित गरी स्थायी विजुली बत्ति हाईड्रो पावर समान रुपमा वितरणको व्यवस्था गरिनेछ ।
– गाउँपालिका भित्र रेल र केवलकारको सम्भाव्यताको अध्ययन गरिनेछ ।
राष्ट्रको लागि खेलकुद अनि स्वास्थ्यको लागि खेलकुद भनिन्छ । के छन खेलकुदका क्षेत्रमा गर्नुपर्ने कामहरु ?
– प्रत्येक वडामा खेलकुद ग्राम स्थापना गरीनेछ ।
– प्रत्येक खेल क्षेत्रबाट गाउँपालिकाबाट राष्ट्रिय स्तरको खेलाडि उत्पादनमा जोड गरिनेछ ।
– पालिका भित्रका उत्कृष्ट खेलाडिहरुको निःशुल्क शिक्षाको व्यवस्था गरीनेछ ।
समय सँधै एकै रहन्छ भन्ने हुँदैन । विपत् व्यवस्थापनमा कसरी ध्यान दिनुहुन्छ ?
– भूकम्प, बाढी ,पहिरो, असिना,पानी, आगालागि लगायत अन्य प्राकृतिक प्रकोपको कारणले क्षति पुर्याएमा तुरुन्त उद्दार गरी उचित क्षतिपूर्ति प्रदान गरिने छ ।
गाउँ अझै सुविधा सम्पन्न र व्यवस्थित बजारहरु छैनन नी ?
– गाउँपालिका भित्र रहेका नेले बजार, रोक्ति बजार, सुके बजार, लोखिम सोमबारे बजार, रिन्दपु देउसा स्कुल वरिपरिका र पालिका वरिपरिका बजारहरुलाई व्यस्थित ढंगले सञ्चालन गर्ने, सुरक्षा प्रदान गर्ने, सुविधा सम्पन्न बजारको रुपमा विस्तार गर्ने ।
– वडा बरीपरिका बजारहरुको उचित व्यवस्थापन गरिनेछ ।
व्यापारी÷व्यवसायीलाई व्यवसायीक बनाउनमा यहाँले के कस्ता कदम चाल्नुहुन्छ नी ?
– पालिका भित्र रहेका सम्पूर्ण व्यापार व्यावसायीहरुको विशेष सुरक्षा प्रदान गरिनेछ ।
– व्यापार व्यवसायीहरुलाई बैंक तथा वित्तिय कम्पनीहरुबाट सहुलियत व्याज दरमा ऋणको लागि पालिकाले सहजिकरण गर्नेछ ।
साना उद्योग तथा पर्यटन व्यवसाय तथा उद्योगमा के छन त योजनाहरु ?
– पालिका भित्रको युवाहरुलाई साना उद्योग सञ्चालन गर्नको लागि अभिपे्ररित गरिनेछ । यसको लागि पालिकाले रु. ५,००,००००÷– (पाँच लाख) सम्म विनाधितो उद्यमशील व्यवसायी कर्जा प्रदान गरिनेछ ।
– प्रत्येक वडालाई पर्यटकिय वडाको रुपमा विकास र विस्तार गरिनेछ । यसको लागि गुरुयोजना बनाई विभिन्न संघ संस्था, प्रदेश, केन्द्रीय तहबाट नै पहल गरी पर्यटकीय गाउँ पालिको बनाईनेछ ।
– होम स्टे सञ्चालनको लागि पालिकाबाट आर्थिक अनुदान प्रदान गरिनेछ ।
– रिसोर्ट र होटेल सञ्चालन गर्नको लागि आवश्यक आर्थिक व्यवस्थाहरु बैंक वित्तिय कम्पनीहरुसँग समन्वय गरी व्यवसायिहरुलाई पालिकाले सहजीकरण गरिदिनेछ ।
पालिकामा न्याय, शान्ति र सुरक्षा त चाहियो होला ?
– गाउँपालिका भित्र रहनु भएका सम्पूर्ण पालिकाबासीहरुको जिउधनको , शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइने छ ।
– समन्यायको सिद्धान्तको प्रयोग गरी सम्पूर्ण पालिकाबासीहरुलाई न्याय दिलाइने छ ।
सामाजिक संस्था र क्लबहरुको विषयमा सोच्नुभएको छ ?
– पालिका भित्र रहेका सामाजिक संस्थाहरुलाई सामाजिक कार्यको लागि अभिप्रेरित गरीनेछ । यसको लागि उत्कृष्ट सामाजिक संस्थालाई सम्मान साथै पालिकाको महत्वपूर्ण बैठकहरुमा समावेश गरिनेछ ।
– पालिका भित्र रहेका ल्कब र समूहलाई क्रियाशील गरी सामाजिक काममा लगाईनेछ । यसको लागि पालिकाले आर्थिक सहयोग गर्नेछ ।
अन्य योजनाहरु के के छन त ? जसले पालिकालाई मात्र नभएर समग्र देशको हितमा विकास गर्छ
– पालिका भित्र बनेका सरकारी संरचनाको बारम्बार अनुगमन र सुरक्षा प्रदान गरीनेछ ।
– आवश्यकता अनुसार जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– समय सापेक्ष कार्यक्रम र नीति बनाई कार्यान्वयन गरीनेछ ।
अधिवत्ता भएर काम गरिरहनुभएको थियो, किन राजनिति क्षेत्रमा आउनुभयो ?
अधिवत्ता भएर न्यायको पक्षमा लामोसमयसम्म उतकृष्ट काम गरेको छु लाग्छ । अब राजनिति क्षेत्रमा लागेर पनि जनता, समाज अनि सिंगो देशको न्यायको पक्षमा नै वकालत गर्नेछु । अर्थात गाउँको विकासको लागि नमुना काम गर्नका लागि आएको हुँ । जसरी अदालतमा न्यायको विरुद्धमा रहेकाहरुलाई सजायको भागिदार बनाएको छु, त्यसैगरि समाजमा पनि न्यायको पक्षमा र अन्यायको विरुद्धमा लडिरहनेछु । पार्टिको साथै देशको नीति नियममा रहेर जनताको न्यायको पक्षमा उभिन्छु । अन्याय, विभेद, छुवाछुत जस्ता समाजमा जति पनि नराम्रा कुराहरु छन ती कुराहरुलाई समाप्त पार्नुपर्छ भन्ने मान्यता राख्छु । साथै घोषणापत्रमा उल्लेख गरिएका कामहरुमा जोड दिनेछु, माथि जति पनि कुराहरु भनेको छु र योजनाहरु सुनाएको छु, ती कुराहरु सुनाएको मात्र होइन । कार्यान्वयन गरेर जनताको माग अनि सपनाहरु पूरा गर्नेछु ।