dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

ग्रीन कफीको झुटो प्रचार गर्ने एक विदेशी नागरिकसहित दुई जना प्रहरीको नियन्त्रणमा

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र ६, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ – प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ग्रीन कफीले मोटोपना घटाउँछ भनी ठगी गर्ने एक विदेशी नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार ब्युरोले पत्रकार सम्मेलन गरी दुवै जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ब्युरोका निर्देशक एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले उनीहरूले नौ सय ६० रुपैयाँको ग्रीन कफीलाई २० र ४० हजार रुपैयाँसम्ममा बिक्री गरेर ठगी गरेको बताउनुभयो ।

विना औषधि, विना व्यायाम, विना डाइटिङ, कुनै साइड इफेक्ट विना, एक हप्तामा १३ किलोसम्म तौल घट्ने अचम्मको विधि पत्ता लगाएको भन्दै भ्रमपूर्ण सूचना फैलाइ बिक्री गरेर उनीहरूले ठगी गरेको सीआईबीले जनाएको छ ।

काठमाण्डौ नयाँ बजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालीका सञ्चालक ४२ वर्षीय आशिष आचार्यले ग्रीन कफी खाइ वजन घटाएको विज्ञापन बनाइ सामाजिक सञ्जालमा राखेर ठगी गरेको उजुरीका आधारमा ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी रसियाली नागरिक इगोरकुर्टसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अभियुक्तहरूको नेटवर्क भारत र रुसमा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफी, २५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ । उनीहरूले कानुन बमोजिम अनुमति नलिइकन अन्य सामग्री पनि बिक्री गर्ने गरेको पाइएको छ ।

साभार उज्यालो अनलाइन
Photo seto pati.com

Previous Post

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

Next Post

विश्व बैंकले कोरोना खोप खरिद गर्न आठ अर्ब भन्दा बढि रकम दिने

Related Posts

समाज

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८
समाज

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८
समाज

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८
समाज

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८
समाज

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

बैशाख १, २०७८
समाज

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

बैशाख १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!