dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

उपचार नपाउँदा दैलेखमा सुत्केरीको मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in समाज
Share on FacebookShare on Twitter

दैलेख : समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गएको छ। दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी निवासी २३ वर्षीया पार्वती शाहीको उपचार अभावमा निधन भएको हो।
प्रसूतीका लागि उनलाई शुक्रबार बिहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो। शुक्रबार दिउँस ३ बजे पार्वतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन्। सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको आफन्तले बताए। अत्याधिक रक्तश्रावका कारण उपचारमा ढिलाइ हुँदा उनको निधन भएको हो। अत्याधिक रक्तश्राव हुँदा पनि स्वास्थ्य केन्द्रको लापरवाहीले उनको मृत्यु भएको आफन्तले बताए।

‘छोरी जन्मिएपछि अत्याधिक रक्तश्राव भयो, स्वास्थ्य केन्द्रले समयमै रेफर गरिदिएन। गाउँपालिकासँग हेलिकप्टर वा अन्य साधन व्यवस्था गरिदिन हार गुहार गर्‍यौं तर कसैले पनि वास्ता गरेनन्’, पार्वतीका जेठाजु टेकबहादुर शाहीले भने। गाउँपालिकाको एम्बुलेन्स बिग्रिएर थन्किएका कारण निजी सवारी साधनको व्यवस्थापन गरेर साँझ ६ बजे कर्णाली प्रदेश अस्पतालतर्फ हिंडाएको उनले बताए। कर्णाली प्रदेश अस्पतालले शुक्रबार राती १२ बजे पार्वतीलाई मृत घोषणा गरेको थियो। बच्चाको अवस्था भने सामान्य रहेको आफन्तले जनाए।

‘हेलिकप्टरको व्यवस्थापनका लागि गाउँपालिका अध्यक्षलाई पटक–पटक फोन गर्‍यौं, उहाँले उठाउनुभएन। उपाध्यक्षले हेलिकप्टर आउन सक्दैन भनेर भन्नुभयो’, पार्वतीका एक आफन्तले भने, ‘गाउँपालिकाले एउटा एम्बुलेन्ससम्म व्यवस्थापन गर्न सकेन, लापरवाबाही गर्ने सबैलाई कानुनी कारबाही हुनुपर्छ।’ अछाम माइती भएकी पार्वतीको एक वर्षअघि ठाटीकाँध गाउँपालिकाका कर्णबहादुर शाहीसँग विवाह भएको थियो। पार्वतीका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्।

पार्वतीको मृत्यु भएपछि उनका आफन्तले गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन्। स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसकिएको बताइन्। स्वास्थ्य केन्द्रमा डाक्टर नभएकाले उपचारमा समस्या इन्चार्ज रावतको भनाइ छ।

Previous Post

बिनाबिलकाे सामानसहित २ जना पक्राउ

Next Post

कोरोनाका कारण पाटन अस्पतालमा २ जनाकाे मृत्यु

Related Posts

समाज

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९
समाज

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९
समाज

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९
समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!