dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

कोरोणा विरूद्ध प्रभावकारी खोपको बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र २०, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोणा विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गर्नुभयो ।

अर्थ सचिव ढुंगानाले कम्तिमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा बिस्तार र स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो वित्तीय सहयोग उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले कोभिड(१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच बिस्तार गर्नु नेपालमा महामारीबाट जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

अर्थ मन्त्रालय र विश्व बैंकद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिका अनुसार गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको कोभिड(१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजना मै यो अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो ।

Source:onlinekhabar

Previous Post

काठमाडौँमा पानीको स्रोत प्रदूषित हुँदा मेलम्चीको पानी वितरण पश्चात स्वच्छ खानेपानी उपलब्ध भएको छ: राष्ट्रपति भण्डारी

Next Post

आफ्नै नेतृत्वको सरकार बनाउने कांग्रेसको निर्णय

Related Posts

समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८
समाज

अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु

जेष्ठ ३०, २०७८
समाज

बूढीगण्डकी नदीले बगाउँदा तीन युवा वेपत्ता

जेष्ठ २७, २०७८
समाज

‘स्थानीय भाषा संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ : अध्यक्ष निर्कुधन राई

जेष्ठ २७, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

जेष्ठ ५, २०७९

नेचासल्यान गाउँपालिका अध्यक्षमा धनजन राई निर्वाचित

जेष्ठ ३, २०७९

सोलुखुम्बुको तीन वटा पालिकामा नेपालि कांग्रेसको जित

जेष्ठ ३, २०७९

सोलुखुम्बुमा कुन पालिकामा को निर्वाचित भए ?

जेष्ठ ३, २०७९

नेचासल्यानको अन्तिम मतपरिणाम आज दिउँसोसम्म आउने

जेष्ठ ३, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!