dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

काठमाडैँ प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गरिने

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र २३, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति काठमाण्डौको बैठकले काठमाण्डौ जिल्ला प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने निर्णय गरेको हो ।

एन्टिजेनमा नेगेटिभ आएको तर कोरोनाको लक्षण भएका व्यक्तिको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गर्ने पनि बैठकले निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार काठमाण्डौ प्रवेश गर्ने नाकाहरू नागढुङ्गा, दक्षिणकाली, टोखालगायतका नाकामा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्ने छन् ।

भक्तपुरबाट आउने जगाती नाकामा पनि एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन जिल्ला तहमा समन्वय गर्ने भट्टले बताउनुभयो ।

यस्तै समितिको बैठकले सबै नगरपालिकामा रहेका आइसोलेशन केन्द्र र क्वारेण्टीन केन्द्रहरूलाई अद्यावधिक गर्न र नगरपालिकाहरूलाई आफ्नो नगरपालिका भित्र एकरएक वटा आइसोलेशन र क्वरेण्टीनको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

चीन सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोपलाई कोभिड–१९ खोप अभियानअन्तर्गत मिति २०७७ चैत्र २५ देखि १८ वर्ष उमेरदेखि ५९ वर्ष उमेर समूहका चीनमा अध्ययन गर्ने विद्यार्थी, चिनियाँ सामग्रीको नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि व्यापार र यसका प्रतिनिधि, प्राध्यापकहरू र काठमाण्डौ जिल्लाभित्रका विद्यालयहरूमा कार्यरत शिक्षकरशिक्षिकालगायत अन्य कर्मचारीलाई लगाउन सरोकारवाला निकायहरूले आपसमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै सार्वजनिक ठाउँमा गरिने कार्यक्रमहरू स्थगित गर्न र गर्नै परे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै समितिले मापदण्ड पालना नगर्नेलाई दण्डरजरिबाना गर्ने पनि निर्णय भएको छ । साथै आफ्नो क्षेत्रभित्र कोही सङ्क्रमित भएमा उसको कन्ट्याक्ट ट्रेसिङ गर्न पनि समितिले पालिकाहरूलाई अनुरोध गरेको छ ।

Previous Post

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

Next Post

७० अंक ल्याएमा लाइसेन्स लिन योग्य

Related Posts

समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८
समाज

अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु

जेष्ठ ३०, २०७८
समाज

बूढीगण्डकी नदीले बगाउँदा तीन युवा वेपत्ता

जेष्ठ २७, २०७८
समाज

‘स्थानीय भाषा संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ : अध्यक्ष निर्कुधन राई

जेष्ठ २७, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

जेष्ठ ५, २०७९

नेचासल्यान गाउँपालिका अध्यक्षमा धनजन राई निर्वाचित

जेष्ठ ३, २०७९

सोलुखुम्बुको तीन वटा पालिकामा नेपालि कांग्रेसको जित

जेष्ठ ३, २०७९

सोलुखुम्बुमा कुन पालिकामा को निर्वाचित भए ?

जेष्ठ ३, २०७९

नेचासल्यानको अन्तिम मतपरिणाम आज दिउँसोसम्म आउने

जेष्ठ ३, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!