dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
बैशाख १, २०७८
in समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै भारत धेरै संक्रमित भएका देशमध्ये संसारमै दोस्रो नम्बरमा आएको छ। भारतले यसअघि दोस्रो नम्बरमा रहेको ब्राजिललाई पछि पारेको हो।

बुधबारसम्म धेरै संक्रमित भएका देशमध्ये अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा हालसम्म ३ करोड २० लाखलाई कोरोना संक्रमण भएको छ भने ५ लाख ७७ हजारको ज्यान गएको छ। भारतमा १ करोड ३८ लाख मानिसमा संक्रमण हुँदा १ लाख ७२ हजारले ज्यान गुमाएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमण भारतको भन्दा २ लाख कम भए पनि मृत्यु भने ३ लाख ५८ हजार छ।

भारतमा अहिले फैलिएको कोरोनाभाइरसको लहर पोहोर साल फैलिएको पहिलो लहरभन्दा खतरानाक भएको विज्ञहरूले बताएका छन्। भारतमा अहिले विभिन्न भेरियन्ट ९प्रकार० का कोरोना फैलिरहेका छन्। विज्ञहरूका अनुसार यी भेरियन्ट बढी संक्रामक र घातक छन्।

Previous Post

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

Next Post

सरकारले गर्यो ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान

Related Posts

समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८
समाज

अमेरिकामा एकै दिन तीन सय दुई जनाको मृत्यु

जेष्ठ ३०, २०७८
समाज

बूढीगण्डकी नदीले बगाउँदा तीन युवा वेपत्ता

जेष्ठ २७, २०७८
समाज

‘स्थानीय भाषा संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ : अध्यक्ष निर्कुधन राई

जेष्ठ २७, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!