dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ…

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
बैशाख २६, २०७८
in FEATURE, समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । गतहप्ताको तुलनामा यो हप्ता काठमाडौँ उपत्यकामा तरकारीको मूल्य घटेको छ ।

उपभोक्ताको सङ्ख्या घटेसँगै तरकारीजन्य सामानको मूल्यमा तीव्र गिरावट आएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले निषेधाज्ञा जारी गरेसँगै उपत्यका छाडेर गाउँ फर्किनेको सङ्ख्या अधिक भएकाले उपत्यकामा उपभोक्ता घटेका हुन् ।

उपत्यकाका व्यापारीहरूका अनुसार यतिबेला तरकारी किन्न आउने मानिस एकदमै कम छन् । प्रायः मानिस गाउँ फर्किसके, यतै भएका पनि कोरोना त्रासका कारण तरकारी किन्न आउँदैनन् ।

दिनैपिच्छे तरकारी किन्न निस्किँदा कोरोना जोखिम हुने भएपछि अहिले धेरैले दलहन, गेडागुडी किनेर स्टक गरेका छन् । हरियो तरकारी पनि केही दिनलाई पुग्ने गरी किनेर स्टक गरिएका कारण तरकारी बजार–पसलसम्म पुगेर तरकारी किन्नेको सङ्ख्या न्यून छ ।

आइतबार काठमाडौँको कपनस्थित तरकारी बजारमा गरिएको स्थलगत रिपोर्टिङ क्रममा एक सातामै तरकारीको भाउ ५० देखि ६० प्रतिशतसम्म घटेको पाइयो । गतसातासम्म सय रुपैयाँ किलोमा पाउने काउली अहिले ६० देखि ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकिलो एक सय २० रुपैयाँ पर्ने बन्दा ५०, ९०–सय रुपैयाँमा किनबेच भइरहेको गोलभेँडा ४० रुपैयाँ, ६० रुपैयाँको सिमला मिर्च ३० रुपैयाँ पुगेको छ ।
यसैगरी ६० रुपैयाँ प्रतिपाउ रहेको लसुन अहिले ५० रुपैयाँमा झरेको छ । प्रतिकिलो दुई सय ५० रहेको सिमी–बोडी अहिले सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् ।

यस्तै प्रतिकिलो ७० देखि १२० सम्म पाउने फर्सी अहिले ५० रुपैयाँ, ४० रुपैयाँ पाउको खुर्सानी ३० रुपैयाँ र प्रतिकिलो ६० रुपैयाँ पर्ने अदुवा अहिले ४० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै प्रतिकिलो एक सय ३० रुपैयाँको गाँजर र मूला अहिले ५० रुपैयाँ पुगेको छ ।

‘मान्छे नै छैनन् । मान्छे टन्न भए पो… अहिले त खाने मान्छे नै छैनन् । पहिला व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो लकडाउनले खत्तम,’ तरकारी व्यापारी दिल बहादुर भूजेल भन्छन्, ‘खाने मान्छै गाउँ गै’हाले । पहिला दिनमा १० हजारसम्मको व्यापार हुन्थ्यो, अहिले दुई हजार पनि बल्ल बल्ल… हाहाहा’
यस्तै अर्का तरकारी व्यापारी भुवन ओझा भन्छन्, ‘के गर्नु हौ खै, तरकारीको भाउ घटे नि बढे नि व्यापार भा’छैन । जनता सबै गाउँ गए । किन्ने मान्छे नभएर तरकारी कुहिरा’छ । घटे नि गाह्रो, बढे नि गाह्रो ।’

तरकारीको मूल्य घटेर व्यापारीको पीडा एकापट्टि छ भने ग्राहकलाई भने राहत मिलेको छ । अन्य समयमा तरकारी महँगो भयो भनेर गुनासो गर्दै फर्कने ग्राहक अहिले राहत मिलेको बताउँछन् ।

तरकारी किन्न आएकी ग्राहक सविना खड्का भन्छिन्, ‘पहिला त्यही तरकारी महँगो पैसा तिरेर किन्नुपर्ने बाध्यता थियो भने अहिले आधा कम मूल्यमा किन्न पाउँदा लोभ लाग्छ नि…’
उनी भन्छिन्, ‘राम…राम अस्ति यही तरकारीको भाउ किनिनसक्नु थियो । अहिले जता जाँदा नि सस्तो भाउमा किन्न पाउँदा खुसी नै लाग्दोर’छ । पहिला एक किलो आउने पैसामा अहिले डबल पाउँदा के खोज्नु ?’

हरियो तरकारी भएकाले लामो समयसम्म नरहने भएका कारण उचित समयमा सबै सामान बेच्नुपर्ने स्थिति भएकाले पनि तरकारीको मूल्य कम हुन गएको तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

अहिलेको समयमा मानिसले घरमा स्टकमा अन्य तरकारी राखेका छन् । अर्को कुरा पहिले पूरै दिन तरकारी बेचबिखन हुन्थ्यो भने अहिले बिहान १० बजेसम्म सीमित भएकाले खपत कम हुँदै गएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

यसैगरी आज (वैशाख २१) को कालिमाटीको तरकारीको भाउ हेर्ने हो भने लोकल गाँजर प्रतिकिलो ५० तोकिएको छ । यस्तै टनेलको गोलभेडा प्रतिकिलो १०, घिरौँला २५, स्थानीय काउली २५, लोकल काँक्रो ४०, कुरिलो पाँच सय, हरियो अकबरे खुर्सानी एक सय ५०, सुकेको खुर्सानी तीन सय २० रुपैयाँ तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजारको वेबसाइटमा उल्लेख छ ।

यसैगरी उपत्यकाका अन्य भित्री बस्तीहरूमा पनि तरकारीको भाउ घटेको छ । व्यापारीहरूले सबैखाले तरकारी ४० रुपैयाँ किलो, डेढ किलोको सय रुपैयाँ, सयको दुई किलो जस्ता अफर पनि ल्याएका छन्

Tags: कालिमाटी फलफूल तथा तरकारीकोरोनातरकारी
Previous Post

कोरोनाबाट विश्वका विभिन्न मुलुकमा तीन सय ८४ जना नेपाली नागरिकको मृत्यु

Next Post

सोलुखुम्बूमा १० महिनामा ८० जनाले गराए गर्भपतन

Related Posts

FEATURE

अहँ, ऊ पटक्कै मान्दैन ।

फाल्गुन ६, २०७८
FEATURE

कल्पना राईको यात्रा : भरियादेखि नगर उपप्रमुखसम्म

माघ १, २०७८
FEATURE

२०७८ सालको विजयादशमीको शुभकामना ।

अशोज २६, २०७८
समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

असार १२, २०७९

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

असार ११, २०७९

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

असार ११, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!