dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

आज महाअष्टमी, दुर्गाभवानीको पूजा गरी मनाइँदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
कार्तिक ८, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।

बडादशैँको आठौं दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आजैका दिन राति कालरात्रि मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा। रामचन्द्र गौतमले बताउनुभयो ।

आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरमा पनि भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विधिपूजा मात्रै हुनेछ ।

यस्तै नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत देशभरका विभिन्न शक्तिपीठमा पनि यसवर्ष विधिपूजा मात्रै हुनेछ ।

महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा हुने विशेष कालरात्रि पूजा यसपालि स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई सरसफाइ गर्ने चलन छ ।
स्रोत उज्यालो अनलाइन

Previous Post

आज फूलपाती भित्र्याइँदै

Next Post

यस वर्षको दसैंमा राष्ट्रपतिले टीका नलगाइदिने

Related Posts

समाज

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

बैशाख ६, २०७८
समाज

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८
समाज

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८
समाज

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८
समाज

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

बैशाख १, २०७८
समाज

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

बैशाख १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

बैशाख ९, २०७८

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!