dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडाैं । कोरोना संक्रमणबाट धनुषा, वीरगन्ज, पाेखरा र पाल्पाका १-१ गरी थप ४ जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार राति मृत्यु भएका धनुषाकाे नगराइन नगरपालिका वडा नं. ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हाे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार प्रादेशिक अस्पतालमा भर्ना भएका पुरुषलाई थप उपचारको लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे ।

मृतक लामो समय देखि मुटु रोग, दम, मधुमेहका बिरामी थिए ।

यसैगरी वीरगन्जमा पनि कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजे नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा उनको शुक्रबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यसैगरी पाेखरामा पनि १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका- १६ का ५२ वर्षीय पुरुष छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि भदौ १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति १२ः१५ बजे मृत्यु भएको केन्द्रका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

यसैगरी पाल्पामा पनि १ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पाल्पाकाे तानसेन नगरपालिका- ८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा शुक्रबार साँझ मृत्यु भएको हो ।

ती महिला ५ भदौमा स्वास्थ्य समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा ७ भदौमा उनको पीसीआर पोजिटिभ आएको थियो ।

Previous Post

काठमाडौं उपत्यकामा थप ४ सय १५ सहित देशभरी ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

Related Posts

FEATURE

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

माघ ११, २०७७
समाज

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७
FEATURE

दिनमा ३५ सय टन विद्युतीय फोहोर उत्पादन

माघ ३, २०७७
FEATURE

नागरिक एपबाट सार्वजनिक सेवा सहज रुपमा गर्न सकिन्छ : सञ्चारमन्त्री पार्वत गुरुङ

माघ २, २०७७
समाज

२४ घन्टामा ७० जनामा काेराेना सङ्क्रमण

माघ २, २०७७
समाज

नेपालले पायो कोभिसिल्ड’लाई प्रयोग गर्ने अनुमति

माघ २, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

माघ २८ मा अझ ठूलो प्रदर्शन हुनेछ : प्रचण्ड

माघ १२, २०७७

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

माघ ११, २०७७

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

माघ ९, २०७७

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!