dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

उपचार नपाउँदा दैलेखमा सुत्केरीको मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29 - Updated on 2020-09-01
in समाचार
Share on FacebookShare on Twitter

दैलेख : समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गएको छ। दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी निवासी २३ वर्षीया पार्वती शाहीको उपचार अभावमा निधन भएको हो।
प्रसूतीका लागि उनलाई शुक्रबार बिहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो। शुक्रबार दिउँस ३ बजे पार्वतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन्। सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको आफन्तले बताए। अत्याधिक रक्तश्रावका कारण उपचारमा ढिलाइ हुँदा उनको निधन भएको हो। अत्याधिक रक्तश्राव हुँदा पनि स्वास्थ्य केन्द्रको लापरवाहीले उनको मृत्यु भएको आफन्तले बताए।

‘छोरी जन्मिएपछि अत्याधिक रक्तश्राव भयो, स्वास्थ्य केन्द्रले समयमै रेफर गरिदिएन। गाउँपालिकासँग हेलिकप्टर वा अन्य साधन व्यवस्था गरिदिन हार गुहार गर्‍यौं तर कसैले पनि वास्ता गरेनन्’, पार्वतीका जेठाजु टेकबहादुर शाहीले भने। गाउँपालिकाको एम्बुलेन्स बिग्रिएर थन्किएका कारण निजी सवारी साधनको व्यवस्थापन गरेर साँझ ६ बजे कर्णाली प्रदेश अस्पतालतर्फ हिंडाएको उनले बताए। कर्णाली प्रदेश अस्पतालले शुक्रबार राती १२ बजे पार्वतीलाई मृत घोषणा गरेको थियो। बच्चाको अवस्था भने सामान्य रहेको आफन्तले जनाए।

‘हेलिकप्टरको व्यवस्थापनका लागि गाउँपालिका अध्यक्षलाई पटक–पटक फोन गर्‍यौं, उहाँले उठाउनुभएन। उपाध्यक्षले हेलिकप्टर आउन सक्दैन भनेर भन्नुभयो’, पार्वतीका एक आफन्तले भने, ‘गाउँपालिकाले एउटा एम्बुलेन्ससम्म व्यवस्थापन गर्न सकेन, लापरवाबाही गर्ने सबैलाई कानुनी कारबाही हुनुपर्छ।’ अछाम माइती भएकी पार्वतीको एक वर्षअघि ठाटीकाँध गाउँपालिकाका कर्णबहादुर शाहीसँग विवाह भएको थियो। पार्वतीका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्।

पार्वतीको मृत्यु भएपछि उनका आफन्तले गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन्। स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले आवश्यक सामग्री र डाक्टर नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसकिएको बताइन्। स्वास्थ्य केन्द्रमा डाक्टर नभएकाले उपचारमा समस्या इन्चार्ज रावतको भनाइ छ।

Previous Post

बिनाबिलकाे सामानसहित २ जना पक्राउ

Next Post

कोरोनाका कारण पाटन अस्पतालमा २ जनाकाे मृत्यु

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.