dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-14
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्।

कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै भारत धेरै संक्रमित भएका देशमध्ये संसारमै दोस्रो नम्बरमा आएको छ। भारतले यसअघि दोस्रो नम्बरमा रहेको ब्राजिललाई पछि पारेको हो।

बुधबारसम्म धेरै संक्रमित भएका देशमध्ये अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा हालसम्म ३ करोड २० लाखलाई कोरोना संक्रमण भएको छ भने ५ लाख ७७ हजारको ज्यान गएको छ। भारतमा १ करोड ३८ लाख मानिसमा संक्रमण हुँदा १ लाख ७२ हजारले ज्यान गुमाएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमण भारतको भन्दा २ लाख कम भए पनि मृत्यु भने ३ लाख ५८ हजार छ।

भारतमा अहिले फैलिएको कोरोनाभाइरसको लहर पोहोर साल फैलिएको पहिलो लहरभन्दा खतरानाक भएको विज्ञहरूले बताएका छन्। भारतमा अहिले विभिन्न भेरियन्ट ९प्रकार० का कोरोना फैलिरहेका छन्। विज्ञहरूका अनुसार यी भेरियन्ट बढी संक्रामक र घातक छन्।

Previous Post

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

Next Post

सरकारले गर्यो ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.