dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

Dudhkoshi Online by Dudhkoshi Online
2025-12-06
in समाचार
6
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण गतिविधि र सूचनाहरुको नियमित सम्प्रेषणका लागि ‘नययुग विशेष इ बुलेटिन’ को प्रकाशन सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ई–बुलेटिनको औपचारिक शुभारम्भ गर्नुभयो । अध्यक्ष ओलीले मुलुकमा प्रतिक्रान्ति रोक्न एमालेले थालेका अभियानमा साथ दिन आग्रह गर्नुभयो । उहाँले महाधिवेशनले लोकतान्त्रीकरण र संविधानवाद स्थापनाका लागि थप उर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

ई–बुलेटिनले महाधिवेशनका मुख्य एजेन्डा, पार्टीका नीतिगत दिशानिर्देशन, आगामी रणनीति तथा संगठन सुदृढीकरणसम्बन्धी सामग्रीहरू नियमित रूपमा उपलब्ध गराउनेछ ।

यही मङ्सिर २० गतेदेखि महाधिवेशन सम्पन्न नभएसम्म हरेक दिन साँझ ७ः ०० सो बुलेटिन प्रकाशन भइ इन्टरनेटमार्फत् सम्प्रेषण हुनेछ । महाधिवेशनका लागि गठित प्रचार समितिको योजनाबमोजिम बुलेटिन प्रकाशानारम्भ भएको हो । बुलेटिनबाट सञ्चारमाध्यमलाई थप समाचार बनाउन सहयोग पुग्नेछ भने पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिलाई आधिकारिक सूचना सहजरुपमा प्राप्त हुनेछ ।

बुलेटिन प्रकाशनका लागि प्रचार समितिका सदस्य एवं प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीको संयोजकत्वमा टोली गठन गरिएको छ ।

एमालेले महाधिवेशनका लागि पार्टीका सचिव पद्मा अर्याल संयोजक र केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम सचिव रहेको प्रचार कमिटी गठन गरिएको छ ।

प्रचार कमिटीले पार्टीका नेतहरुको नियमित भिडियो अन्तर्वार्ता, दैनिक ‘सूर्य खबर’ प्रसारण, महाधिवेशनको काउण्टडाउन प्रचार, जिङ्गल निर्माण र प्रसारण, नारा र थिमहरुको सम्प्रेषण, मिडिया संयोजकलगायतका काम गरिरहेको छ ।

Tags: एमालेओली
Previous Post

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

Next Post

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.