सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशि गाउँपालिकामा मुक्लि बहुमुखि क्याम्पस सञ्चालन गर्ने उद्धेश्यले आर्थिक सहयोग संकलन अभियान जारी गरिएको छ । असार महिनाबाट शुरु गरिएको अभियानमा अहिलेसम्म १९ लाख ६ हजार रुपैयाँ संकलन भईसकेको छ ।
ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई सहज तरिकाले गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ बहुमुखि क्याम्पस सञ्चालन गर्ने योजना रहेको छ । मुक्लि बहुमुखि क्याम्पस सञ्चालन हुन सकेमा थुलुङ दुधकोशि गाउँपालिका लगायत अन्य गाउँपालिकामा रहेका विद्यार्थीहरुलाई समेत सहज हुने विश्वास लिईएको विरेन्द्रोदय माविका प्रद्यानाध्यापक दिल कुमार राईले बताउनुभयो ।
बहुमुखि क्याम्पस सञ्चालन गर्ने योजनालाई मूर्त रुप दिन सञ्चालक समिति, विधान निर्माण समिति र भौतिक पूर्वाधार तथा धरौटि रकम व्यवस्था समिति गरि तीन वटा समितिले विभिन्न कार्यहरु गर्दै आएको छ ।
क्याम्पस सञ्चालनको लागि विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पहिलो चरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाईएको भौतिक पूर्वाधार तथा धरौटि रकम व्यवस्था समितिका सचिव शरन राईले बताउनुभयो । सचिव राईका अनुसार पहिलो चरणमा धरौटिमा पैसा जम्मा गर्नुपर्ने भएकाले आर्थिक संकलनको कार्य भइरहेको छ ।
बहुमुखि क्याम्पस सञ्चालन गर्ने उद्धेश्यले शुरु गरिएको अभियानमा विरेन्द्रोदय मावि मुक्लिका पुर्व विद्यार्थी लगायत शिक्षाप्रेमिहरु मार्फत आर्थिक सहयोग प्राप्त भएको भौतिक पूर्वाधार तथा धरौटि रकम व्यवस्था समितिका सचिव शरन राईले उल्लेख गर्नुभयो ।
असारबाट शुरु गरिएको सो अभियानलाई विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैले विशेष चासोको साथ हेरेको पाईएको छ ।
मुक्लि बहुमुखि क्याम्पस सञ्चालनका लागि जम्मा भएको रकम नाम लिस्ट सहित ः














Discussion about this post