काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यत्त गर्नुभएको छ । उहाँले नेपालको राजनीति जनहितमा आधारित नभई व्यत्तिगत स्वार्थका लागि भईरहेको उल्लेख गर्नुभयो ।
पूर्वराजा शाहले हिजो पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहको मार्गदर्शन नेपालको एकता र समृद्धि लक्षित भएको बताउनुभयो ।
पूर्वराजा शाहले अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि दाबी गर्नुभयो । अहिले देशले व्यहोरेको राजनीति क्षतिको समीक्षा गर्न विलम्ब भएको बताउदै अहिलेको व्यवस्थाप्रति असन्तुष्टि समेत जनाउनुभएको छ ।
पूर्वराजा शाहले परिवर्तनका नाममा अवाञ्छित क्रियाकलाप नेपालमा भित्रिएको बताउदै यस्ता कार्यलाई रोक्न अहिलेको व्यवस्थालाई परिमार्जित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।