काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्ति जनाएको छ ।
आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै आएका छन् । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आलोचना गर्नुभएको थियो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ९प्रकाश०ले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गर्नुभयो ।
बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै आपत्ति जनाएको छ । साथै प्रवक्ता श्रेष्ठले उहाँले सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गर्नुपर्ने उल्लेख गर्नुभयो ।
समाचार स्रोत अनलाइन खबर