dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण चुनौती’- उपमेयर राई

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-19 - Updated on 2021-04-21
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बू । सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले राजनीतिक क्षेत्रमा महिलाहरूको सक्रियता बढ्दै गएको देखिए पनि दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको सङ्ख्या कम रहेको बताउनुभएको छ ।

भौगालिक अवस्थादेखि लिएर सामाजिक, पारिवारिक अवस्थाका कारण महिलाहरू राजनीतिक क्षेत्रमा दीर्घकालीन समयका लागि नभएर क्षणिकका लागि मात्र लागेको उहाँको तर्क छ ।

सोलुखुम्बू जिल्लामा राजनीतिमा महिलाको अवस्था कस्तो छ भन्ने प्रश्नमा उपमेयर राईले महिला नेतृत्व स्थापित गर्न सामाजिक संरचनाका कारण थप चुनौती भएको बताइन् । पितृसत्तात्मक देश साथै महिला स्वयंको पनि पितृसत्तात्मक सोचका कारण राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा महिला पछाडि पर्न गएको उहाँको भनाइ छ ।

महिला स्वयंले पितृसत्तात्मक सोच नहटाएसम्म महिलाहरूको उत्थान हुन नसक्ने स्पष्ट पार्दै उनले नेतृत्व शक्ति बढाउनका लागि अरुको भर नपरी आफ्नो क्षमता अभिवृद्धि गर्नमा जोड दिनुपर्ने बताउनुभयो ।

तुलनात्मक हिसाबले महिलाहरू राजनीतिक क्षेत्रमा सबल देखिए पनि लामो समय टिक्न नसक्नु अर्को चुनौतीको पाटो रहेको उहाँको भनाइ छ ।

स्थानीय तहका विभिन्न पदमा महिला उम्मेदवारलाई अनिवार्य गराएसँगै राजनीतिमा महिला सक्रियता बढे पनि चुनौती भने उत्तिकै रहेको उहाँको बुझाइ छ ।

यस्तै राजनीतिमा महिलाको सङ्ख्या वृद्धि भए पनि सक्रियतामा गुणस्तर नभएको उनी बताउँछिन् । सोलुखुम्बू जिल्लामात्र नभई अन्य जिल्लामा पनि निर्णायक भूमिकामा महिला अझै पछाडि रहेको उहाँको भनाइ छ ।

संवैधानिक व्यवस्थाअनुसार विभिन्न तह तप्कामा महिला सहभागिता अनिवार्य गराएर महिलाहरूले अवसर पाए पनि उनीहरूको क्षमता र योगदानको कदर भने अझै हुन नसकेको उपप्रमुख राईले गुनासो गर्नुभयो ।

यसैगरी, आर्थिक हैसियत कायम गर्न नसकी महिलाहरू परनिर्भर रहनुपर्ने, घर समाजमा दोहोरो भूमिका निर्वाह गर्नुपर्ने लगायत कारण पनि महिला नेतृत्व स्थापित हुन चुनौती रहेको उहाँको बुझाइ छ ।

राजनीतिको क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा महिला अग्रसर बन्नका लागि परिवार, समाजका पनि भूमिका बलियो हुनुपर्ने बताउँदै उनले व्यक्तिगत सोच परिवर्तन गर्दै समाजलाई परिवर्तन गर्न सकिने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

विगतका समयमा राजनीति गर्नुपर्छ भन्ने महिलाहरू न्यून सङ्ख्यामा रहेको भए पनि अहिले महिलाको सक्रियता बढेसँगै प्रतिस्पर्धा पनि बढ्दै जानु भनेको महिलाहरू पनि सबल छन् भनेर बुझ्नुपर्ने समय आएको पनि बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘महिलाले अवसर पाएको र परिवर्तन भएको भनिरहँदा अझै पनि महिलाहरूलाई बोल्ने अवसर कम नै छ । अहिले पनि कुनै कार्य सम्पन्न गर्नुभन्दा अगाडि महिलालाई प्राथमिकतामा राखिँदैन । त्यसैले अधिकार प्राप्तिका लागि लडाइँ जारी नै छ ।’

Tags: कल्पना राई%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a4%be
Previous Post

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

Next Post

देशको नाम विश्वसामु चिनाउनेलाई राज्यले चिनेन : हिमाल आरोही किताबसिंह तामाङ

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.