काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेबाट आईपिओको निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलोचरणमा आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि बिक्रि खुल्ला गर्ने भएको हो ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ३१ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो । न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।
कम्पनीले ५ लाख कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको ५ लाख कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका बासिन्दालाई र आयोजिना प्रभावित इलाम नगरपालिका वडा नम्बर ८ र १० तथा माइजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का बासिन्दालाई २ लाख कित्ता निष्कासन गरिएको छ ।
कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।
कम्पनीको आईपिओमा कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।












Discussion about this post