dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

ठूलोगुमेला खानेपानी योजनाको उद्घाटन

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-20
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले वडा नम्बर ३ स्थित ठूलोगुमेला खानेपानी योजनाको उद्घाटन गर्नुभएको छ । कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित खानेपानी योजनाको आज शुक्रवार एक कार्यक्रमकाबीच अध्यक्ष शेर्पाले उद्घाटन गर्नुभएको हो ।

कादुरी एग्रीकल्चरल एड् एसोसिएसन पोखराको एक करोड ४१ लाख ८२ हजार तीन सय ८६ रुपैयाँ, रिमिजुङ राङदिङ खानेपानी निर्माण समितिको श्रमदान बापतको नौ लाख ४० हजार रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी योजनासँगै गाउँपालिकाको ४३ लाख लागतमा फायर हाईड्रेन्ट (अग्नि नियन्त्रण प्रणाली) जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

ठूलोगुमेला खानेपानी योजनाबाट वडा नम्बर ३ ठूलोगुमेलाका तीन सय जनसङ्ख्या लाभान्वित हुनेछन् भने ६१ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् । यस्तै सगरमाथा पदमार्ग अन्तर्गत राङ्दिङका नौ होटेल व्यवसायी समेत लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

खानेपानी योजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले गाउँपालिकाले प्रत्येक नागरिकको घरमा शुद्ध खानेपानी वितरणमा जोड दिएको बताउनुभयो । उहाँले ५ वटै वडामा खानेपानी योजनासँगै फायर हाइड्रेन्ट निर्माणको कामलाई समेत तीव्रता दिएको उल्लेख गर्नुभयो । कादुरीसँगको सहकार्यमा स्थानीयलाई खानेपानी वितरण गर्न सहज भएको बताउँदै आगामी दिनमा समेत सहकार्य निरन्तर रहनेमा विश्वास दिलाउनुभयो । गाउँपालिका अध्यक्ष शेर्पाले विभिन्न सङ्घ संस्थाको समन्वय तथा सहकार्यमा आगामी आर्थिक वर्षमा समेत स्वच्छ खानेपानी सँगै फायर हाइड्रेन्ट निर्माण गरिने योजना रहेको बताउनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले निर्माण कार्य सम्पन्नसँगै व्यवस्थापन कार्यमा स्थानीयले जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष नुरु जाङ्बु शेर्पा र गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले मन्तव्य राख्दै खुम्बु पासाङल्हामु गाउँपालिका सरकारले विभिन्न साझेदारी सङ्घ संस्थाहरूको समन्वयमा स्वच्छ खानेपानी कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।

रिमिजुङ राङदिङ खानेपानी निर्माण समितिका अध्यक्ष ङवाङ थ्याप्के तामाङले निर्माणका क्रममा ढुवानी कार्यमा चुनौती रहे पनि समयमै योजना सम्पन्न गरी स्थानीयलाई खानेपानी वितरण गर्न सफल भएको बताउनुभयो ।

कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल, पोखराले वडा नम्बर ३ को चौरीखर्क, छेप्लुङ, नाचिपाङ, ठाडोकोशी, घाटको दुई सय ४३ घरधुरीमा यसअघि स्वच्छ खानेपानी पुर्‍याएको छ भने गाउँपालिकाको वडा नम्बर २ र ३ मा तीन वटा झोलुंगे पुल निर्माण र सय किलोवाट क्षमताको ठाडोकोशी लघुजलविद्युत् योजना निर्माण गरेको कादुरीका प्रोजेक्ट म्यानेजर बुद्ध पुनले जानकारी दिनुभयो ।

२०७९ साल माघ ३ गते सर्वेक्षण गरिएको सो योजनाको २०८१ फागुन १५ गते सुरु गरी २०८२ असार १ गते सम्पन्न भई आज उद्घाटन तथा हस्तान्तरण गरिएको हो । उक्त आयोजनाको काम निर्धारित समयमा सम्पन्न भएको कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल, पोखराले जनाएको छ ।

कार्यक्रममा औतारी लामा नप्ट रीम्पोचेको विशेष उपस्थितिसँगै वडा नम्बर ३ का स्थानीय लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Tags: उद्घाटनखानेपानी योजनाठूलोगुमेला
Previous Post

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

Next Post

ग्वार्काे फ्लाइओभरको उद्घाटन

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.