dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

ठूलोगुमेला खानेपानी योजनाको उद्घाटन

Dudhkoshi Online by Dudhkoshi Online
असार ६, २०८२
in समाचार
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले वडा नम्बर ३ स्थित ठूलोगुमेला खानेपानी योजनाको उद्घाटन गर्नुभएको छ । कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित खानेपानी योजनाको आज शुक्रवार एक कार्यक्रमकाबीच अध्यक्ष शेर्पाले उद्घाटन गर्नुभएको हो ।

कादुरी एग्रीकल्चरल एड् एसोसिएसन पोखराको एक करोड ४१ लाख ८२ हजार तीन सय ८६ रुपैयाँ, रिमिजुङ राङदिङ खानेपानी निर्माण समितिको श्रमदान बापतको नौ लाख ४० हजार रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी योजनासँगै गाउँपालिकाको ४३ लाख लागतमा फायर हाईड्रेन्ट (अग्नि नियन्त्रण प्रणाली) जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

ठूलोगुमेला खानेपानी योजनाबाट वडा नम्बर ३ ठूलोगुमेलाका तीन सय जनसङ्ख्या लाभान्वित हुनेछन् भने ६१ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् । यस्तै सगरमाथा पदमार्ग अन्तर्गत राङ्दिङका नौ होटेल व्यवसायी समेत लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

खानेपानी योजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले गाउँपालिकाले प्रत्येक नागरिकको घरमा शुद्ध खानेपानी वितरणमा जोड दिएको बताउनुभयो । उहाँले ५ वटै वडामा खानेपानी योजनासँगै फायर हाइड्रेन्ट निर्माणको कामलाई समेत तीव्रता दिएको उल्लेख गर्नुभयो । कादुरीसँगको सहकार्यमा स्थानीयलाई खानेपानी वितरण गर्न सहज भएको बताउँदै आगामी दिनमा समेत सहकार्य निरन्तर रहनेमा विश्वास दिलाउनुभयो । गाउँपालिका अध्यक्ष शेर्पाले विभिन्न सङ्घ संस्थाको समन्वय तथा सहकार्यमा आगामी आर्थिक वर्षमा समेत स्वच्छ खानेपानी सँगै फायर हाइड्रेन्ट निर्माण गरिने योजना रहेको बताउनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले निर्माण कार्य सम्पन्नसँगै व्यवस्थापन कार्यमा स्थानीयले जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष नुरु जाङ्बु शेर्पा र गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले मन्तव्य राख्दै खुम्बु पासाङल्हामु गाउँपालिका सरकारले विभिन्न साझेदारी सङ्घ संस्थाहरूको समन्वयमा स्वच्छ खानेपानी कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।

रिमिजुङ राङदिङ खानेपानी निर्माण समितिका अध्यक्ष ङवाङ थ्याप्के तामाङले निर्माणका क्रममा ढुवानी कार्यमा चुनौती रहे पनि समयमै योजना सम्पन्न गरी स्थानीयलाई खानेपानी वितरण गर्न सफल भएको बताउनुभयो ।

कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल, पोखराले वडा नम्बर ३ को चौरीखर्क, छेप्लुङ, नाचिपाङ, ठाडोकोशी, घाटको दुई सय ४३ घरधुरीमा यसअघि स्वच्छ खानेपानी पुर्‍याएको छ भने गाउँपालिकाको वडा नम्बर २ र ३ मा तीन वटा झोलुंगे पुल निर्माण र सय किलोवाट क्षमताको ठाडोकोशी लघुजलविद्युत् योजना निर्माण गरेको कादुरीका प्रोजेक्ट म्यानेजर बुद्ध पुनले जानकारी दिनुभयो ।

२०७९ साल माघ ३ गते सर्वेक्षण गरिएको सो योजनाको २०८१ फागुन १५ गते सुरु गरी २०८२ असार १ गते सम्पन्न भई आज उद्घाटन तथा हस्तान्तरण गरिएको हो । उक्त आयोजनाको काम निर्धारित समयमा सम्पन्न भएको कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल, पोखराले जनाएको छ ।

कार्यक्रममा औतारी लामा नप्ट रीम्पोचेको विशेष उपस्थितिसँगै वडा नम्बर ३ का स्थानीय लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Tags: उद्घाटनखानेपानी योजनाठूलोगुमेला
Previous Post

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

Next Post

ग्वार्काे फ्लाइओभरको उद्घाटन

Related Posts

समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२
समाचार

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२
समाचार

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२
समाचार

रक्षा मन्त्री राईद्धारा सोलुखुम्बुको लागि एक अर्ब बढी बजेट विनियोजन

असार ११, २०८२
समाचार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

असार १०, २०८२
समाचार

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०८२ पारित गरिने

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!