dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बु एमालेको आठौँ विस्तारित बैठक सम्पन्न

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-21
in समाचार
5
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता एवं सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यता साथै रक्षा मन्त्री मानवीर राईको विशेष आतिथ्यतामा आज बिहीबार भर्चुअल माध्यमबाट बैठक बसेको हो ।

बैठकमा विधान संशोधन प्रस्ताव प्रस्तुत र सोमाथि सुझाव सङ्कलन, अन्तरपार्टी निर्देशन १२ को विषयमा बृहत् छलफल भएको नेकपा एमाले सोलुखुम्बु जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिनुभयो ।
छलफल पश्चात् प्राप्त सुझावलाई लिखित रूपमा केन्द्रमा पठाउने निर्णय गरिएको नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका सचिव कल्पना राईले बताउनुभयो ।

भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीले सरकार हेरफेर हुने कुरा हल्ला मात्र भएको बताउँदै दुबिधामा नपर्नु आग्रह गर्नुभयो । उहाँले तोकिएको समयभित्र संशोधनका सुझाव सङ्कलन गरी लिखित रूपमा केन्द्रमा सुझाव पेस गर्न पार्टीलाई निर्देशन दिनुभयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि रक्षा मन्त्री मानवीर राईले अहिले देशी तथा विदेशी शक्तिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र देशको शक्तिलाई कमजोर बनाउन प्रयास गरिरहेको तर नेतृत्व र पार्टी बलियो भएकै कारण हलचल ल्याउन नसकेको स्पष्ट पार्नुभयो ।

रक्षा मन्त्री राईले पूर्व राष्ट्रपति पार्टीमा सक्रिय रहने कुरा बाहिरिएको विषयमा राष्ट्रपति पद राज्यको माथिल्लो ओहदाको पद रहेकाले सम्मानित पदमा नै रहनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाले पार्टीभित्र कुनै पनि समस्या नरहेको स्पष्ट पार्नुभयो । केन्द्र तहदेखि वडा तहसम्म पार्टीलाई सक्रिय र मजबुत बनाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

भर्चुअल माध्यमबाट बसेको बैठकमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा प्रतिनिधि सबैको सहभागिता रहेको थियो । भर्चुअल माध्यमबाट बसेको बैठक निकै प्रभावकारी रहेको बताउँदै विधान संशोधन प्रस्ताव प्रस्तुत र सोमाथि सुझाव सङ्कलन पेस गरेका थिए ।

Tags: नेकपा एमालेबैठकसोलुखुम्बु
Previous Post

एमाले सोलुखुम्बुको आठौँ विस्तारित बैठक भोलि बस्दै

Next Post

प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै पत्रकार आन्दोलित

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.