काठमाडौ । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ लिनेमा सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन्। यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।
यसअघि सात सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ।












Discussion about this post