dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

काेराेना संक्रमणका कारण थप ४ जनाकाे मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29 - Updated on 2020-09-01
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । कोरोना संक्रमणबाट धनुषा, वीरगन्ज, पाेखरा र पाल्पाका १-१ गरी थप ४ जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार राति मृत्यु भएका धनुषाकाे नगराइन नगरपालिका वडा नं. ७ डेवडिहाका ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हाे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार प्रादेशिक अस्पतालमा भर्ना भएका पुरुषलाई थप उपचारको लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हाे ।

मृतक लामो समय देखि मुटु रोग, दम, मधुमेहका बिरामी थिए ।

यसैगरी वीरगन्जमा पनि कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजे नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा उनको शुक्रबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यसैगरी पाेखरामा पनि १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका- १६ का ५२ वर्षीय पुरुष छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि भदौ १२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति १२ः१५ बजे मृत्यु भएको केन्द्रका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

यसैगरी पाल्पामा पनि १ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । पाल्पाकाे तानसेन नगरपालिका- ८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा शुक्रबार साँझ मृत्यु भएको हो ।

ती महिला ५ भदौमा स्वास्थ्य समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा ७ भदौमा उनको पीसीआर पोजिटिभ आएको थियो ।

Previous Post

काठमाडौं उपत्यकामा थप ४ सय १५ सहित देशभरी ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.