dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ ६, २०७७
in हिँड्दाहिँड्दै
Share on FacebookShare on Twitter

सोलुखुम्बु ।
नमस्कार । म विनोद ‘विक्रम’ राई । सानैमा ‘विक्रम’ दाइको देहावसान भयो । दाईको मृत्युको शोकमा रोएको मनले दाइलाई बिर्सन गाह्रो भयो । त्यही कारणले दाईको नाम पनि आफनो नामसगैँ जोड्न मन लाग्यो । ताकि दाई पनि हामीसँगै हाम्रै वरिपरी हुनुहुन्छ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका साविकको पञ्चन गाविस हो घर ।

संगीत के हो ? भन्ने कुराको ज्ञान नहुँदा देखि नै, यो मन संगितमा रमाउन थाल्यो । अग्रज तथा आदरणिय गायकहरु राजेशपायल राई, स्वरुपराज आचार्य, दिपक लिम्बु, उदितनारायण झा, रामकृष्ण ढकालले गाउनुभएको गितबाट प्रेरित भएको म । सोच्थेँ, उहाँहरु जस्तै गायक बन्न पाए कस्तो हुन्थ्यो होला ?

म पनि एकदिन गायक बन्छु भन्ने अठोटको साथ आठ वर्षको उमेरदेखि नै विद्यालयमा अतिरीक्त क्रियाकलापमा गित गाउन शुरु गरेँ । विद्यालयमा आयोजना हुने हरेक कार्यक्रममा गित गाएर सबैको मन खुशी बनाउँथे । स्याबासी पाउँथे ।

कक्षा आठमा हुँदा विद्यालयमा भएको कार्यक्रममा राजेशपायल राईले गाउनुभएको गित ‘नमाग मसँग’ गित गाएर प्रथम भएको थिए । प्रथम पुरस्कार पाउँदा दंग थिए । सानै थिए, सबैले आवाज राम्रो छ भनेर तारीफ गर्दा खुशीले मन फुरुङ्ग हुन्थ्यो । पढाइमा भन्दा गित गाउनमा मन रमाउन थाल्यो । बुबाआमाले पढाइमा निरन्तता दिओस भन्ने चाहानुहुन्थ्यो तर संगितमा रमाउन थालिसकेको यो मनले गित गाउन कसरी चटक्क माया मार्न सक्थेँ ?

म भन्दा अगाडि हाम्रो परिवारमा गित संगितको क्षेत्रमा अर्थात यस कलाको क्षेत्रमा कोहि पनि हुनुहुन्न थियो । त्यसकारणले गर्दा परिवारलाई बुझाउन अलि गाह्रो भयो । तर जब बुझदै जानुभयो त्यसपछि साथ र सहयोग पनि गर्नुभयो ।

सानो छँदा धेरै गायक गायिकाहरुको गित रेडियोमा सुन्ने गर्थेँ । मलाई पनि त्यस्तै गाउने रहर हुन्थ्यो । रेडियोमा गित सुन्दै म पनि त्यसैमाथि स्वर मिलाउने प्रयास गर्थेँ । गोठाला जाँदा होस वा साथिभाइसँग । बाटोमा हिँड्दा होस या घरमा एक्लै हुँदा । गित गाउन कहिल्यै छोडिन ।
आफुसँग प्रतिभा भएपनि त्यो प्रतिभालाई कहाँ प्रस्तुत गर्ने त ? ठाउँ थिएन । चिन्ता लाग्थ्यो । संगित सिक्नका लागि हिँडौ, आर्थिक अवस्था कमजोर । आफनो जिल्लामा खासै अवसरहरु थिएनन ।

यस्तै क्रममा वि.सं. २०७२ सालको कुरा हो । वाकु धमाका हुँदैछ, जहाँ गायन क्षेत्रका नयाँ प्रतिभाहरुको खोजि गरिदैछ रे भन्ने थाहा पायँ । मैले पनि आफनो प्रतिभा प्रस्तुत गर्ने प्लेटफर्म खोजिरहेको थियँ । अब यहि हो मौका भन्ने लागेर म पनि अडिसनको लागि तयार भए । हजारौँ प्रतिभाहरुको बिचमा म पनि गित गाउनका लागि छानिय ।

त्यसपछि अन्य उत्कृष्ट प्रतिभाहरुसँग प्रतिस्पर्धा गर्दै कार्यक्रम अघि बढिरहेको थियो । निर्णायकहरुले गर्नुभएको सहि मूल्यांकनको आधारमा म फिनालिसम्म पुग्न सफल भए । फिनालिको दिन एकदम डर लागीरहेको थियो । डर, उत्साह अनि जिज्ञासाका कारण मुटुको ढुकढुकी यतिसम्म बढेको थियो कि मेरो पूरा शरीर नै कापिरहेको थियो ।

केही समयको पर्खाइपछि उद्घोषकले विजेताको रुपमा मेरो नाम लिनुभयो । डर, उत्साह अनि जिज्ञासाले ढुकढुक गरिरहेको मुटु सायद खुशीले होला अझ जोडले धड्किन थाल्यो । सपना होकि विपना हो, एकपटक अलमल्ल परेँ । सबैले बधाइ दिन थाले । खुशीले सिमा नाघ्यो ।

आठ वर्षको उमेरदेखि गित गाउँदै आएको म त्यो दिन मेरो सपनाले केही सानै भएपनि आकार पाउँदा साँच्चै दंग अनि फुरुङ्ग थिय ।
त्यसपछि जिल्लामा हुने विभिन्न कार्यक्रममा गित गाउनका लागि जान थाले । त्यहाबाट थोरैभएपनि पकेट खर्चको रुपमा कमाउन शुरु गरेँे । आफनो मेहनतले कमाएको पैसा भएकाले होला सायद थोरै भएपनि धेरै जस्तो लाग्थ्यो ।

०७३ सालमा फेरि चोमोलुङ्मा आइडलको आयोजना भयो । त्यहाँ पनि गित गाएर विजेता हुन पुगे साथै, ०७३ सालमै आयोजना भएको सोलु स्टार सिजन २ को उपविजेता भए । यस्तै ०७४ सालमा मनभिसो आइडलको पनि वुईनर हुन सफल भए । सायद मेरो मेहनत र भाग्यले साथ दियो, ०७२, ०७३ र ०७४ साल मेरा लागि उत्कृष्ट वर्ष भयो । जुन म कहिल्यै बिर्सन सक्दिन । थोरै भएपनि मेरो सपना पूरा भयो भन्ने सम्झन्छु ।

आजसम्म लुकीलुकी हेछौँ मलाई, एकादशी, फोहोर लुगा लगायतका गित गरी १२ वटा गित रेकर्ड गरीसकेको छु । भिडियो बनाउन बाँकी नै छ । हेरौँ के हुन्छ । अहिले अडियो भन्दा पनि भिडियोको जमाना छ । त्यसकारणले मेरो गितहरु सबै ओझेलमा परेका छन् । भिडियो बनाउने ठूलो रहर हो, आर्थिक अवस्था कमजोर भएकै कारण भिडियो बनाउन सकिरहेको छैन ।

आज मैले १२ वटा गितहरु रेकर्ड गराए तर पनि मेरा गितहरुले खासै बजार पाउन सकेको छैन । दर्शक श्रोतासामु पुर्याउन सकिरहेको पनि छैन । तर जति श्रोताले गित सुन्नुभएको छ राम्रो प्रतिक्रिया पाइरहेको छु ।
लाग्छ, चर्चा कमाउनु मात्र ठूलो कुरा होइन । म यो क्षेत्रमा कतिसम्म टिक्छु भन्ने हो । सबैले बलेको आगो ताप्ने हो । निभेको आगोलाई कसले बाल्न चाहान्छ र । मलाई सय जनाले चिने पनि मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

संघर्षको क्रममा छु । चुनौतीहरु लाखौँ छन । चर्चाको शिखर चुम्न नसकेपनि निरन्तरता दिन भने म कहिल्यै डराएको छैन । संगित सिक्ने क्रममा छु । धेरै कुरा सिक्न अनि जान्न बाँकी नै छन् । मेहनत गर्न नछाडेपछि एकदिन भाग्यले पनि साथ दिने छ । एकदिन गन्तव्यमा पुगेरै छाड्नेछु, यहि आशाको साथ मेहनत गरिरहेको छु ।

नवप्रतिभा अर्थात म जस्ता हजारौँ नवगायकहरुलाई यस क्षेत्रमा धेरै चुनौतीहरु छन् । आर्थिकको चुनौतीहरु त यतिकै हुने भयो त्यसमाथि आफनो गितलाई दर्शक र श्रोताहरुले मन पराएर कतिसम्म साथ दिन्छन यो अर्को ठूलो चुनौती भएको छ ।

भनिन्छ नि सफलताको पछाडि कसैको हात हुन्छ भनेर । मलाई पनि मेरो संघर्षको यात्रामा साथ दिनुहुने मेरो प्यारो दाई जिवन राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम थुलुङ, फ्रेन्डसिप युथ क्लव सोलुखुम्बुका अध्यक्ष महेस किराती, फ्रेन्डसिप युथ क्लव शाखा कार्यालय लुक्ला सोलुखुम्बुका अध्यक्ष नाम्गेल शेर्पालाई विशेष धन्यवाद भन्न चाहान्छु । उहाँहरुको साथ र सहयोगको कारण आज मलाई थप शाहस र ऊर्जा मिलेको छ । उहाँहरुले मेरो करीयरमा इटा थप्ने काम गरीदिनुभएको छ । उहाँहरुप्रति सधै म आभारी हुनेछु ।

पुग्नुपर्ने गन्तव्य धेरै टाढा छ । अझ सबैले साथ दिनुहुन्छ । अनि माया गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासको साथ गायन क्षेत्रमा पाइला सारिरहेको छु । सबैले माया र साथ दिनुहोस, विस्तारै गन्तव्यमा पुग्नेछु । धन्यवाद ।

Previous Post

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

Next Post

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

Related Posts

FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

अशोज २४, २०७९
हिँड्दाहिँड्दै

यो उत्तर जोसँग सम्बन्धित छ…

बैशाख २७, २०७९
हिँड्दाहिँड्दै

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

बैशाख ९, २०७९
हिँड्दाहिँड्दै

हिमालमा श्रीमान् गुमाउने महिलाकाे अठाेट : हामी पनि गर्न सक्छाैँ

फाल्गुन ६, २०७८
FEATURE

अहँ, ऊ पटक्कै मान्दैन ।

फाल्गुन ६, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!