सोलुखुम्बु । वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । माघ २३ र २४ गते सल्लेरी ब्याडमिन्टन कवर्ड हलमा प्रतियोगिता हुने भएको हो ।
पछिल्लो समय आकर्षण बन्दै गएको ब्याडमिन्टन खेलको प्रबर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुका प्रवत्ता पुष्प श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितालाई नयाँ खेलाडीले अवसरको रुपमा पनि लिन सक्ने प्रवत्ता श्रेष्ठको भनाई छ । उहाँले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको नियमलाई आत्मसाथ गर्दै प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । साथै कोभिडले गर्दा निराशीएको जाँगर पुनः ऊर्जाले भरिने पनि विश्वास व्यक्त गर्नुभयो ।
प्रवत्ता श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता जोडीले २० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । उपविजेता जोडीले १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउँदा सेमी फाइनलसम्म पुग्ने दुई जोडीले १० हजार रुपैयाँ नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडिहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
तस्बिर : पुष्प श्रेष्ठ