काठमाण्डाै – त्रिदेशीय फुटबल प्रतियाेगितअन्तर्गत बिहीवार नेपाल र किर्गिस्तानबीच भएकाे खेल बराबरीमा सकिएकाे छ । बराबरीसँगै दुवै टिमले एक–एक अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले उत्कृष्ट माैका बनाउँदा पनि गाेल भने गर्न सकेन । किर्गिस्तानकाे टाेली दश खेलाडीमा सीमित भए पनि नेपालले माैकाकाे फाइदा उठाउन सकेन ।
खेलकाे ६६ औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिभ कामाेलिदिनले नेपाली खेलाडी अभिषेक रिजाललाई लडाएपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै उनलाई मैदानबाहिरकाे बाटाे देखाएका थिए ।
अब आउँदाे शनिवार नेपाल र बङ्गलादेशले खेल्नेछन्, त्याे खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्नेछ । बङ्गलादेश भने यसअघिकाे खेलमा किर्गिस्तानलाई हराउँदै फाइनलमा पुगिसकेकाे छ ।