dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-22
in खेलकुद
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले जुडो प्रतियोगितामा स्वर्ण पदक विजेता खुम्बुका उदियमान खेलाडी पेम्बा दोर्जी शेर्पालाई पुरस्कृत गरेको छ ।

हिमालय क्लब लुक्लाको ३५ औं वार्षिकोत्सबको अवसरमा लुक्लामा आयोजित सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको समापन कार्यक्रमबीच पुरस्कृत गरेको हो ।

३० हजार रुपैयाँ नगद सहिद सम्मान पत्रका साथ पुरस्कृत गरेको गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले नगद सहित सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

पुरस्कार प्रदान गर्दै सांसद राजभण्डारीले आगामी खेलजीवनमा सफलता र प्रगतीको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नाम राख्न शुभकामनाका साथ बधाई ज्ञापन गर्नुभयो ।

कोशी प्रदेश अन्तर्गत विराट कोशी जुडो सङ्घले आयोजना गरेको जुडो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी गाउँपालिकाको गरिमा बढाउनका साथै खेलको माध्यमबाट जिल्लाको नाम उच्च बनाउन सफल भएकोमा अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्दै बधाई दिनुभयो ।

स्वर्ण पदक प्राप्त पेम्बा दोर्जेले शेर्पाले जिल्लालाई स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै खेललाई निरन्तरता दिने बताउनुभयो ।
विराटनगर सहिद रङ्गशालामा यही ज्येष्ठ २६ र २७ गते सञ्चालन भएको प्रदेश स्तरीय जुडो प्रतियोगितामा जिल्लाले ५ वटा गोल्ड मेडल प्राप्त गरेको थियो ।

Tags: जुडोस्वर्ण पदक
Previous Post

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

Next Post

राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार

Related Posts

खेलकुद

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

2025-08-12
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

2025-06-22
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

2025-06-21
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

2025-06-20
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

2025-06-10
खेलकुद

गौरिकाको राष्ट्रिय कीर्तिमान

2021-07-28

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.