dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-21
in खेलकुद
Share on FacebookShare on Twitter
खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिका २ हिमालय क्लब लुक्लाको आयोजनामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । हिमालय क्लब लुक्लाको २५ औँ वार्षिकोत्सवको अवसरमा आजदेखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
नवनिर्मित कभर्ड हलको उद्घाटनसँगै सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । खेलको उद्घाटन कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारी र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले गर्नुभएको थियो ।
प्रतियोगिताको पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण खेल सञ्चालन गरिएको थियो । जनप्रतिनिधि टिममा गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पा र वडा नम्बर २ का वडा अध्यक्ष आङ फूर्वा शेर्पा यस्तै कर्मचारी टिममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम र प्रशासकीय अधिकृत सुजन बुढाथोकीबिच मैत्रीपूर्ण खेल भएको थियो । जसमा जनप्रतिनिधि र कर्मचारी दुवै टिमको खेल एक एक बराबरीमा सम्पन्न भएको थियो ।
असार ७ र ८ गते दुई दिन सञ्चालन हुने प्रतियोगितामा पुरुष सिङ्गलतर्फ  १० टिम र पुरुष डबलतर्फ १५ टिम रहेको खेलका रेफ्री एवं  जिल्ला व्याडमिन्न्टन सङ्घ सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष डबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने विजयीलाई ५० हजार, ३० हजार र १५ हजार रुपैयाँको साथमा ट्रफि र मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै पुरुष सिङ्गलतर्फ प्रथम दितिय र तृतीय हुने प्रतियोगीलाई ३० हजार, १५ हजार र १० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।
हाल अन्य प्रतियोगिताहरु सञ्चालन भइरहेको रेफ्री एवं  जिल्ला व्याडमिन्न्टन सङ्घ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
Tags: ब्याडमिन्टन प्रतियोगिता
Previous Post

सांसद राजभण्डारीद्धारा लुक्लामा निर्मित पहिलो ब्याडमिन्टन कभर्ड हल उद्धघाटन

Next Post

इरानमा रहेका नेपालीलाई उद्धार गरिने:परराष्ट्रमन्त्री राणा

Related Posts

खेलकुद

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

2025-08-12
खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

2025-06-22
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

2025-06-22
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

2025-06-20
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

2025-06-10
खेलकुद

गौरिकाको राष्ट्रिय कीर्तिमान

2021-07-28

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.