dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सांसद राजभण्डारीद्धारा लुक्लामा निर्मित पहिलो ब्याडमिन्टन कभर्ड हल उद्धघाटन

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-21 - Updated on 2025-06-24
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले पर्यटकीय क्षेत्र लुक्लामा निर्मित पहिलो ब्याडमिन्टन कभर्ड हलको उद्घाटन गर्नुभएको छ । आज शनिवार एक कार्यक्रमकाबीच सगरमाथाको प्रवेशद्वारको केन्द्र विन्दुको रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थल नजिकै २ कोर्टको कभर्ड हलको सांसद राजभण्डारीले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजभण्डारीले तत्कालीन गाउँपालिका अध्यक्ष स्वर्गीय ङिम दोर्जि शेर्पाको कभर्ड  हल निर्माण गर्ने सपना वर्तमान गाउँपालिका सरकारले पूरा गर्न सफल भएकोमा वर्तमान गाउँपालिका सरकार र नेतृत्वलाई धन्यवादका साथमा बधाई दिनुभयो ।

सांसद राजभण्डारीले ब्याडमिन्टन प्रतियोगिताले खुम्बुको अस्तित्व कायम गर्दै खुम्बुको विकासको सिडी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कोशी प्रदेशकै अग्लो स्थानमा कभर्ड हल निर्माण भएकोमा खुसी व्यक्त गर्दै खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्ध जनाउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले गाउँपालिकाको चौतर्फी विकासमा जोड दिँदै खेलकुदको क्षेत्रमा समेत विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । अध्यक्ष शेर्पाले प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा कभर्ड हल निर्माण गरिएको बताउँदै खुम्बु क्षेत्रमा स्तरीय खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिँदै नवनिर्मित कभर्ड  हललाई हाइ अल्टिच्युड स्पोर्ट सेन्टरको रूपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले ब्याडमिन्टन खेलप्रति रुचि भएका खेलाडीहरूले प्रतिकुल मौसममा समेत निर्बाध रूपमा खेल्न सक्ने बताउँदै राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुने विश्वस्त रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले खेलकुद क्षेत्रलाई प्रवर्द्धनका लागि गाउँपालिकाले जोड दिएको साथै सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्तरीय मात्र नभई राष्ट्रिय स्तरको खेलहरू सञ्चालन गर्नका लागि गाउँपालिका अग्रसर रहेको बताउनुभएको छ ।

कोशी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त आर्थिक लगानीमा वडा नम्बर २ लुक्लामा ब्याडमिन्टन कभर्ड हलको निर्माण गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार कभर्ड हल निर्माणका लागि कोशी प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको सहयोगमा विनियोजित ८० लाख र गाउँपालिकाको ९८ लाख ४५ हजार रुपैयाँ गरी एक करोड ७८ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

कभर्ड हल निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ देखि ०८०/०८१ तीन आर्थिक वर्षमा कोशी प्रदेश र गाउँपालिकाबाट क्रमागत रूपमा बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय ब्याडमिन्टन खेलप्रति रुचि बढ्न थालेको र भावी पुस्ताको आकर्षण बढाउन लुक्ला क्षेत्रमा सुविधा सम्पन्न कर्भड हलको आवश्यकता महसुस गरी निर्माण समेत गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फूर्वा शेर्पाको भनाइ छ । हावा, पानी मात्रै नभएर राती पनि निर्बाध रूपमा खेल्न सकिने वडा अध्यक्ष शेर्पाको भनाइ छ ।

बजेट अभावका साथै ढुवानीमा समस्याका कारण निर्माण कार्यमा चुनौती रहेको लुक्ला टोल विकास संस्थाका अध्यक्ष सोनाम दोर्जि शेर्पाले बताउनुभयो । उहाँका अनुसार हल निर्माणका लागि आवश्यक सम्पूर्ण सामाग्री काठमाडौँदेखि टाक्सिन्दुसम्म गाडीमा र टाक्सिन्दुदेखि लुक्ला सम्म हेलिकप्टरबाट ढुवानी गरिएको थियो ।

हिमालयन क्लबको स्वामित्वमा रहेको जग्गामा कोशी प्रदेश र गाउँपालिकाको संयुक्त आर्थिक लगानीमा स्टिल स्ट्रक्चरबाट निर्मित ब्याडमिन्टन कभर्ड हल सञ्चालनका लागि हिमालयन क्लबलाई हस्तान्तरण गरिएको छ । हल सञ्चालन तथा दिगो व्यवस्थापनमा हिमालयन क्लबले भूमिका खेल्नेछ ।

Tags: कभर्ड हलब्याडमिन्टन
Previous Post

ग्वार्काे फ्लाइओभरको उद्घाटन

Next Post

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.