खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिका २ हिमालय क्लब लुक्लाको आयोजनामा सोलुखुम्बु जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हिमालय क्लब लुक्लाको ३५ औं वार्षिकोत्सबको अवसरमा असार ७ र ८ गते दुई दिन संचालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा सिंगलतर्फ संयोग बस्नेत प्रथम हुनुभएको छ । यस्तै सगुन कार्की द्दितिय र बुद्धि वीर तामाङ र विभुषण तामाङ तृतीय हुनुभएको जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
डबलतर्फ संयोग बस्नेत र सगुन कार्कीको जोडी प्रथम हुनुभएको छ । यसैगरी विभुषण तामाङ र नौवीर राईको जोडी द्दितिय हुनुभयो भने सुभम राई र कुमार सिं राई यस्तै बाबू राम मगर र बुद्दिवीर तामाङको जोडी तृतीय हुनुभएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फूर्वा शेर्पाले जानकारी दिनुभयो ।
सिंगलतर्फ १५ टिम र डबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुष डबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने विजयीलाई ५० हजार, ३० हजार र १५ हजार रुपैयाँको साथमा ट्रफि र मेडल र प्रमाणपत्रको प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै पुरुष सिङ्गलतर्फ प्रथम दितिय र तृतीय हुने प्रतियोगीलाई ३० हजार, १५ हजार र १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रम कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यता एवं खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको सभाध्यक्षमा सप्पन्न भएको हो ।













Discussion about this post