dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

एप्पलका उत्पादन बहिष्कार गर्ने चीनको चेतावनी

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in प्रवास
Share on FacebookShare on Twitter

बेइजिङ । संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन् ।

प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको उक्त भनाइ आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा यसै महिना गरेका हुन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आरोप लगाउँदै ती सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएपछि बेइजिङ र वाशिङ्गटनबीच तनाव थप बढेको देखिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानले शुक्रबार ट्वीटरमार्फत जारी सन्देशमा भनिएको छ, “यदि ‘विच्याट’लाई अमेरिकामा प्रतिबन्ध लगाइयो भने चिनियाँहरूले ‘आईफोन’ र ‘एप्पल’का उत्पादनहरूलाई राख्नुपर्ने कुनै कारण हुनेछैन ।”

यसअघि बिहीबार झाओले भन्नुभएको थियो, “धेरै चिनियाँहरूले अमेरिकामा ‘विच्याट’लाई प्रतिबन्ध गरिएमा चीनमा ‘आईफोन’ प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।” चिनियाँ एपलाई लक्षित गरी अमेरिकाले गैर–अमेरिकी कम्पनीहरूलाई व्यवस्थितरूपमा आर्थिक आक्रमण गरिरहेको उनले दावी गरे ।

बेइजिङले अमेरिकी उत्पादनको बहिष्कार गर्ने चेतावनीभन्दा पहिले विश्वका दुई शक्ति राष्ट्रहरूबीच व्यापार विवाद कायमै थियो । यसबाहेक अमेरिका र चीनबीच दक्षिण चीनमा रहेको ‘साउथ चाइना सी’मा सैन्य गतिविधि, हङकङलाई हेर्ने दृष्टिकोण तथा कोरोनाभाइरसको उत्पत्ति र यसलाई फैलिन नदिने बिषयमा चीनले वेवास्ता गरेको भन्दै अमेरिकाले आरोप लगाउँदै आएको छ । चीनले अमेरिकी आरोपलाई खण्डन गर्दै आइरहेको छ ।

चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शुक्रबार झाओको चेतावनीबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

Previous Post

भारतमा कोरोनाबाट एकै दिन १०२१ जनाको मृत्यु

Next Post

बाइडेनले जितेमा अमेरिकी सपना चकनाचुर हुन्छ – राष्ट्रपति ट्रम्प

Related Posts

प्रवास

विश्वभर तीन करोड भन्दा बढिमा कोरोना पुष्टि

अशोज १६, २०७७
प्रवास

नेपाल र इजरायलबीच श्रम सम्झौता हुने

अशोज ८, २०७७
प्रवास

कोरोनाका कारण दक्षिण कोरियाको श्रम बजार प्रभावित

भदौ २६, २०७७
President Donald Trump speaks to members of the press on the South Lawn of the White House in Washington, Wednesday, July 15, 2020, before boarding Marine One for a short trip to Andrews Air Force Base, Md., and then on to Atlanta. (AP Photo/Patrick Semansky)
प्रवास

बाइडेनले जितेमा अमेरिकी सपना चकनाचुर हुन्छ – राष्ट्रपति ट्रम्प

भदौ १३, २०७७
प्रवास

भारतमा कोरोनाबाट एकै दिन १०२१ जनाको मृत्यु

भदौ १३, २०७७
प्रवास

काेराेनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या १८९ पुग्याे

भदौ १३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

माघ ७, २०७७

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

माघ ४, २०७७

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!