dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

काठमाडाैं उपत्यकामा ३ ठाउँमा फ्लाईओभर बन्दै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाभित्र ३ स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । चालू आर्थिक वर्षमा नै यसको निर्माण सुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ ।

उनका अनुसार काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिने र ती कम्पनीले आगामी चार-पाँच महिनामा यसको डिजाइन तयार गरिसक्ने छ । डिजाइन तयार गर्ने प्रक्रियामा सडक विभागका प्रतिनिधिको पनि संलग्नता रहने बताइएको छ । सोही अनुसार सडक विभागको टोलीले ट्रम्स अफ रिफ्रेन्स (टिओआर) तयार पारिरहेको छ । टिओआर परामर्शदाता कम्पनीलाई अध्ययनका लागि दिइने प्रस्तावना हो ।

‘यसको डिजाइन तयार भएर विभागमा आइसकेपछि ठेक्का सम्झौतामार्फत निर्माण सुरु हुनेछ’, महानिर्देशक शर्मा भने, ‘चालु आर्थिक वर्षमा नै ती स्थानमा फ्लाइओभर निर्माणको कार्य सुरु हुने छ ।’ चालू आर्थिक वर्षमा सरकारले उपत्यकामा फ्लाइओभर निर्माणका बजेट समेत छुटाएको छ । आगामी वर्ष तीनवटै फ्लाइओभर निर्माण सक्ने लक्ष्य विभागले लिएको छ ।

चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको चक्रपथमा सरकार आफैंले फ्लाइओभर निर्माण गर्न लागेको उनले बताए । अहिले ८ लेनको सडक छ भने बीचमा मुख्य ४ लेन छ । ४ लेनको सीधा सडकमा हिँड्न फ्लाइओभर निर्माण गरिने महानिर्देशक शर्माको भनाइ छ । ‘उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ निर्माण हुने भएपनि ती स्थानमा सरकारको आफ्नै लगानीमा निर्माण हुने छ’, उनले भने, ‘सरकारको लगानीमा निर्माण हुन लागेको यी नै पहिलो फ्लाइओभर हुने छन् ।’

चक्रपथ ८ लेनको भए पनि मुख्य मुख्य चोकमा सवारीसाधन जाममा बस्नुपर्ने बाध्यता छ । कलङ्की चोकमा अन्डरपास निर्माण गरिएका कारण जाम घटे पनि ग्वार्को, सातदोबाटा र एकान्तकुना चोकमा जामको समस्या छ भने सवारीसाधन वारपार गर्दा दुर्घटनाको जोखिम त्यतिकै बढेको छ । सोही समस्यालाई मध्यनजगर गर्दै मुख्य लेनमा आउजाउँका लागि फ्लाइओभर निर्माणको योजना अघि सारिएको विभागले जनाएको छ । डिपीआर तयार भएपछि मात्र फ्लाइओभर कस्तो मोडेलमा निर्माण हुने भन्ने तय हुने छ ।

यसको निर्माण सुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने महानिर्देशक शर्माको भनाइ छ । नेपाली निर्माण व्यवसायीलाई नै यसको निर्माणको जिम्मेवारी दिइने उनले बताए । ‘विगतमा जटिल प्रकृतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइने छ’, उनले भने, ‘उहाँहरुले नै गर्न सक्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’

अबको केही वर्षमा नै उपत्यकाको विभिन्न स्थानमा ‘फ्लाइओभर’को निर्माण हुनेछ । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर निर्माण भएको छैन् । अब निर्माण हुने फ्लाइओभरमध्ये केही वैदेशिक लगानीमा त केही नेपाल सरकारको लगानीमा हुनेछ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा नेपाल, चक्रपथमा चीन र कोटेश्वर, वानेश्वर तथा थानकोटमा जापान सरकारको सहयोगमा फ्लाइओभर निर्माण हुन लागेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा झण्डै आठवटा फ्लाइओभर हुनेछ ।

काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप सबैभन्दा बढी हुने स्थानमा वानेश्वर र जडिबुटी चोक छन् । यी दुबै स्थानमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाएको महानिर्देशक शर्माको भनाइ छ । यस बारे जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक पटक छलफल गरिरहेको छ ।

बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यबिनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

त्यस्तै, नेपालको सडक यातायातको इतिहासमा पहिलो पटक आधुनिक सुरुङमार्ग निर्माणसँगै ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण हुँदैछ । नागढुङ्गा सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ । जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा सो सुरुङमार्ग निर्माण गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत बर्ष सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गरेकाे सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । कोभिड–१९ को प्रभावका कारण यसमा अपेक्षा गरेअनुसार निर्माण अघि नबढेको बताइएको छ ।

बिसं. २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रुपमा कलङ्की चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु र महाराजगञ्जलगायत चोकमा ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण गरिने भएको छ ।

Previous Post

स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिँदै जापानका प्रधानमन्त्री

Next Post

सल्यानमा पहिराेले ३ घर बगायो, २५ परिवार विस्थापित

Related Posts

समाज

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९
समाज

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९
समाज

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९
समाज

नवरात्रको सातौं दिन आज, कालरात्रि देवीको पूजा आराधना गरिँदै

अशोज २६, २०७८
समाज

सामलिङ्ग पावर कम्पनीको आइपिओ साउन २२ देखि

साउन १४, २०७८
समाज

प्रदेश १ को ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट

असार १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!