काठमाडौँ । गएको २४ घण्टामा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसगैँ नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार आठ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा दुई हजार तीन सय ४० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार चार हजार दुई सय २१ जना क्वारेण्टीनमा छन भने २२ हजार सात सय नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।