dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अन्य जिल्लामा जग्गाको व्यवस्था गर्न नसकिरहँदा, थुलुङदुधकोशीले कक्षा शुरु गर्नु प्रशंसायोग्य कार्य- मुख्य मन्त्री राई

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-11-24
in समाचार
फोटो - सोलु एफ एम प्रबन्धक भोजराज कार्की
5
SHARES
Share on FacebookShare on Twitter

भोजराज कार्की ।
सोलुखुम्बु । थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । यसै बर्ष देखि सञ्चालनमा आएको उक्त शिक्षालयको प्रदेश १ का मुख्य मन्त्री सेरधन राईले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई संबोधन गर्दै मुख्य मन्त्री राईले प्रदेश सरकारले प्राविधिक र व्यवहारीक शिक्षामा जोड दिदै दक्ष जनशक्ति उत्पादनमा आफुहरु केन्द्रित भएको बताउनुभयो । सोही अनुसार प्रदेश १ मा छनौट भएका ५ वटा जिल्ला मध्ये कतिपय जिल्लामा जग्गा समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा थुलुङदुधकोशी गाउँपालिकाले उद्घाटन गरि कक्षा सञ्चालन गर्नु आफैमा प्रशंसायोग्य कार्य भएको मन्त्री राईले उल्लेख गर्नुभयो ।

सोलुखुम्बुबासीले सही नेतृत्व छनौट गर्न सफल भएकालेनै आज गाउँगाउँमा सडक, विद्युत, प्राविधिक शिक्षा तथा अस्पताल निर्माण भईरहेको भन्दै मुख्य मन्त्री राईले थुलुङदुधकोशीलाई नगरपालिका बनाउने आधारभुत मापदण्ड पुरा गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

यस्तै आन्तरीक योजना तथा अर्थ मन्त्री इन्द्र आङ्बोले गाउँपालिकामा भईरहेको बिकास निर्माणको प्रशंसा गर्नुभयो । थुलुङदुधकोशी गाउँपालिकाले सामाजिक सुरक्षा र भौतिक पुर्वधार निर्माणमा गरेको कार्य मननयोग्य रहेको भन्दै अन्य स्थानीय सरकारले समेत अनुसरण गरि व्यवहारमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै सोलुखुम्बु जिल्लाका प्रतिनिधी सभा सदस्य हेमकुमार राई (शुरवीर)ले जिल्लाको बृहतर बिकासमा आफुहरु केन्द्रित भएको उल्लेख गर्नुभयो । शिक्षा स्वास्थ्य, सडक र सञ्चारलाई प्रमुख प्राथमीकतामा राखेर जिल्लामा काम भईरहेको भन्दै सहयोगको लागि आग्रह गर्नुभयो ।

नेकपा प्रदेश एक संसदीय दलका प्रमुख सचेतक एवम् सांसद बुद्धिकुमार राजभण्डारीले बुह प्राविधिक शिक्षालय थुलुङ दुधकोशी गाउँपालिका र सोलुखुम्बुको लागि मात्र नभई छिमेकी जिल्ला खोटाङ र ओखलढुंगा सहितका लागि पनि महत्वपुर्ण रहेको बताउँनुभयो । काँग्रेस सरकारको पालामा नभएका तर अति महत्वपुर्ण बिकासका कार्यक्रम नेकपाले गरिरहेको भन्दै नेले देखि गाउँपालिका केन्द्र सम्मको सडक कालोपत्रेका लागि तत्काल कार्य अगाडी बढाउन माग गर्नुभयो ।

प्रदेश सांसद उत्तम कुमार बस्नेतले अधिकांश बिकासमा सडक बाधक बनेको भन्दै अन्तर जिल्ला जोड्ने सडकमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष असिम राईले गाउँपलिकाले अघि सारेको दिगो बिकासको योजना सुनाउँदै थप सहयोगका लागि आग्रह गर्नुभएको थियो । संघीयताको मर्म र भावना अनुसार आफुहरु दिनरात खटिरहेको भन्दै अध्यक्ष राईले सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, जिल्ला समन्वय समितिका प्रमुख बीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, सोलुदुधकुण्ड नगरपाकिला उपमेयर कल्पना राईले बहुप्राविधिक शिक्षालयको महत्वको चर्चा गर्दै शुभकाना व्यक्त गर्नुभयो । जसले गर्दा थुलुङदुधकोशीको मात्र नभई सिंगो जिल्लाको बिकास र सम्बृद्धिमा महत्वपुर्ण टेवा पुग्ने उहाँहरुको विश्वास छ ।

तस्वीर-सोलु एफ एम प्रबन्धक भोजराज कार्की ।

Previous Post

मदर टेरेसाका अमर वाणीहरु

Next Post

चाणक्यको १० महत्वपूर्ण अमर वाणीहरु

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.