* कर्तव्य एउटा अत्यन्त व्यक्तिगत मामिला हो । कर्तव्य गर्नको लागि अरु कसैले आह्वान गर्नुहुदैन ।
* दुवैको विचार सहि होला । दुवैको आफनो दृष्टिकोण होला । तैपनि तपाईँ आफना देशवासीसँग सोध्नुस कि के उनीहरु युद्धका लागि राजी छन ?
* इृश्वरले यो सुन्दर संसार हाँस्ने खेल्ने स साना बालकहरुका निम्ति बनाएका हुन । तिनको भविष्यतिर हेर्नुहोस । बचेका अनाथ बालकको परवरिशका लागि युवा पिता बाँच्ने छैनन । वृद्ध हजुरबा आफना चिसा आाखामा बालकलाई डोर्याएर युद्धको नरसंहार सम्झनेछन । यस्तोमा के ती जर्जर शरीरले आफनो आत्मादेखि तपाईँलाई आशिर्वाद दिन सक्लान ?
* जति बच्नेछन, तिनको पनि घर बस्ती उजाडिएको हुनेछ । मरुभूमि, खण्डहरु भत्केका स्कूल, घर, चारैतर्फ पीडा र क्रन्दन सुनिनेछ । के त्यस बखत तपाईँको हृदय नरोला ? अलिकति सोच्नुस, यो संसार त ईश्वरले प्रेमपूर्वक बनाएका हुन । ईश्वर चाहन्छन् हामी प्रेम नै बाँडौँ । घृणा र कष्ट नफिँजाऊँ ।
* भोको छु खान देऊ । तिर्खाएको छु पानी देऊ । दुखी छु माया देऊ । म यी सबै दुखी, अनाथ, बिरामी प्राणीमा यीशुको छवि देख्छु । जब म यिनको सेवा गर्दछु, तब मेरा हातले यीशुहरु छोएको अनुभव गर्दछन् ।
* क्षणिक जय जा पराजय त केही समयपछि विश्वले बिर्सने छ तर चारैतर्फको विनाश, उत्पीडन, विध्वंश, बेरोजगारी र भोकमरी भने हाम्रो नयाँ पीढिँमा दशकौँसम्म कायम रहन्छन ।
* म जान्दछु कि तपाईँ दुवै यति शक्तिशाली हुनुहुन्छ कि ईश्वर रचित यो सुन्दर पृथ्वी र यहाँ रहने मानवको सर्वनाश केही समयमै गर्न सक्नुहुन्छ । तर तपाईँले त्यसको औचित्य भने कहिल्यै सिद्ध गर्न सक्नुहुनेछैन ।
* मेरो आँखामा दुखका आँशु टिलपिलाएर, निर्दोष मानिसका तर्फबाट झोली थापेर तपाईँसँग भिक्षा माग्दछु । म ती अनाथ बालक, विधवा, वृद्धको तर्फबाट प्रार्थना गर्दछु, जसका युवक छोरा यस युद्धमा मारिनेछन् ।
* त्यसपछि बदलाको भावनाले अझ उग्र रुप लिनेछ । प्रेम र घृणा दुवै भयंकर सरुवा रोग जस्तै हुन । यो तपाईँमै निर्भर गर्दछ कि तपाई के फिजाउन चाहानुहुन्छ ? प्रेम वा घृणा ? के तपाई घृणा फिजाउन चाहानुहुन्छ ?
* मानवको प्राण र उसको जीवन ईश्वरको सुन्दर वरदान हो । यदि प्राण नै रहेन भने त जीवनमा के बाँकी रहन्छ ? यो पृथ्वीमा हामी केवल प्राण लिएर आउँछौँ । यसका अतिरित्त हामीसँग केही हुँदैन । तपाईजस्ता बलवान हजारौँ मानिसका प्राण त लिन सक्नुहुन्छ तर त्यसको औचित्य कहिल्यै सिद्ध गर्न सक्नुहुन्न ।